logo
  • शुक्रबार, असोज ९ २०८३

पर्वतको कुर्घामा सन्देशमुलक खुल्ला तिजगित प्रतियोगिता गरिदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सन्तोष क्षत्री, पर्वत भदौ २०।
पर्वतको फलेवास नगरपालिका–१०,कुर्घामा सन्देशमुलक खुल्ला तिजगित प्रतियोगिता सहित बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा यहि भदौ २६ र २७ गते नेपाल नमुना युवा रेडक्रस सर्कलको आयोजनामा कार्यक्रम गर्न लागिएको हो । नेपाली रितिरिवाज सँगै कुर्घाको कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष विजय पौडेलले बताए ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा महिला अधिकार र महिला शसक्तिकरणको विषयमा जनचेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको सन्देशमुलक खुल्ला तिजगित प्रतियोगिता रहेको बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक रामु क्षत्रीले बताए । साथै कार्यक्रममा राष्ट्रिय कलाकार कृष्ण समिप सुवेदी, कल्पना सुनुवारको र स्थानीय कलाकारहरूले गित र नृत्य प्रस्तुत गर्नेछन् ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमलाई सफल पार्नतीब्र तयारी गरिरहेको कल्बले सहयोगको लागि स्थानीय संघ संस्था संगै देश बिदेशमा रहेका कुर्घा बासिमा अनुरोध गरेको छ ।


प्रकाशित मिति :२० भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend