साझा नेटवर्क
टेक राज थापा ,कतार ।
रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची का एक जनाको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
भुमिकास्थान नगरपालिका वडा नं 8 नुवाकोट भुसाल टोला ताराकसे पोकेडाडा निवासी बर्ष अन्दाजी ३९ बर्षका इन्द्रमणी भुसाल अर्थात् गाउँ घरमा राम प्रसाद भनिएर चिन्ने भुसालको सडक दुर्घटना परि गत सनिबार 1 सेप्टेम्बर 2018 का दिन साझा 8:30 बजे तिर तरकारी लिएर फर्कने क्रममा रेजिसी हाइपरमार्केट,अबू हामौर रेड लाईट पार गर्ने क्रममा कारको ठक्करबाट उनका साथमा बस्ने अर्को झापा निवासीको भने अस्पताल पु¥या पच्यात उपचारको क्रममा मृत्यु भएको हो।
गाडीले ठक्करबाट उनको भने घटना स्थलमा निधन भएको थियो । शब अहिले हमद जनरल अस्पतालको शब गृहमा राखिएको छ। भुसाल बिगत १० बर्ष देखि कतारको एक कम्पनीमा कार्यरत थिए । गत २०७३-०९ -१० बाबाको स्वर्गबास भएको र एक बर्ष पच्यात २०७४-११-२१ मा आमा देहान्त भएकोले उनि एमेर्जेंसी नेपाल फर्केका थिए ।
केहि समय घरमा बसी ६ महिना अघि कर्मस्थल फर्केका भुसालको अल्पकालीन घटनाले भुसाल परिवारमा स्तब्ध तुलाएको उनका आफन्त यमलाल भुसालाले साझा नेटवर्कलाई संवादको क्रममा बताए । निजको घरमा श्रीमती र १३ बर्षका छोरा र १० बर्षकी छोरी रहेको बताए ।
भुसालको निधनले अर्घाखाँची सेवा समाज, कतार परिवार मर्माहत हुदै दुख ब्यक्त गरेको छ। निधनको खबर प्रति सिङ्गो अर्घाखाँची सेवा समाज शोकमा डुबेको समाजका अध्यक्ष् ठाकुर परियार बताएका छन। पछिल्लो चरणमा जिल्लाबासीहरुले सडक दुर्घटनाबाट ज्यान गुमाउनुपरेकोमा दुखद व्यक्त गरे ।
समाजले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। आज स्यंम अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार र सस्थाका सचिवालय सदस्य कृष्ण प्रसाद श्रेष्ठ तथा उनका आफन्त निजको कम्पनीमा गइ बुज्दा कम्पनीले सबै कागजीय प्रक्रिया तिब्र गतिमा अगाडी बढाएको र शबलाई छिटो भन्दा छिटो सम्पुर्ण कागजिय प्रक्रिया पुरा गरि नेपाल पठाउन तयार रहेको कम्पनीका प्रब्धकले आफु सँग बताएको समाजका अध्यक्ष ठाकुर कुमार परियारले बताए , आफुले पनि फल्प गरि रहेको र छिटो भन्दा छिटो शबलाई नेपाल पठाउनमा लागि परेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend