logo
  • आइतबार, असोज ११ २०८३

सडक बालबालिका उठाएर अभिभावकलाई जिम्मा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

शँकर भुसाल, गुल्मी भदौ १९ ।
जिल्ला प्रशासन कार्यलय गुल्मीले गुल्मीको सदरमुकाम तम्घासमा मागेर खाने, सडक बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यलयको सहयोगमा प्रशासन कार्यलयमा ल्याई अभिभावकलाई जिम्मा लगाएको छ ।

ज्याला मजदुरी गरी जिवन निर्वाह गर्दै आईरहेका ति बच्चाहरुका आमाबाबुले आफ्ना छोरा छोरीको ख्याल नगर्दा लामो समयदेखी बालबालिकाहरु सडकमा माग्दै हिँड्ने गरेका थिए ।

बिधालय जाने उमेरका ति बालबालिकाहरुलाई बाबु-आमाबाटै बेवास्ता भएको थाहा पाएपछि प्रशासन कार्यलय गुल्मीले ति बिपन्न परिवारका सडक बालबालिका हरुलाई कपडा र केही खाध्यान्न दिएर पठाएको छ ।

आगामी दिनमा यसरी बालबालिकालाई बेवास्ता गरि सडकमा छाडीए कडा कारवार्ही गर्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले चेतावनि दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend