logo
  • आइतबार, असोज ११ २०८३

स्मार्ट विद्यालय बनाउन धार्मिक महोत्सव


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

शँकर भुसाल, गुल्मी भदौ १९ ।
गुल्मीको रेसुङ्गा नगरपालिका उपल्लो तम्घासमा उपल्लो तम्घास माबिले धार्मिक महोत्सब सञ्चालन गर्ने भएको छ । बिधालयमा कृषि व्यवसायी शिक्षा तथा सुविधा सम्पन्न स्मार्ट बिधालय बनाउनका लागी भाद्र ३० गते देखी असोज ६ गते सम्म महोत्सब गर्न लागीएको हो ।

गुल्मी रेसुङ्गा उपल्लो तम्घास शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिको आयोजनामा भागवत मधुकर पंडित पुरुषोत्तम शास्त्री महाराजजी र शैक्षिक क्रान्तिका अभियान्ता ईश्वर शरण महाराजजी बाट कथा प्रबचन हुने बताईएको छ ।

महायज्ञमा सहर्स शालिग्राम पुजा अर्चना,विराट धनधान्य महापर्व,पितृमुक्तिको पुजा तथा राष्ट्रिय कलाकारहरुबाट सङ्गीतमय भजन कीर्तन गरिने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend