logo
  • आइतबार, असोज ११ २०८३

अर्घाखाँचीमा एक व्यक्तिको बोरामा शव फेला


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अर्घाखाँची, भदौ १९ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ को सल्लिकोट स्कुल नजिकै रहेको चिल्याथुम जंगलमा एक अपरिचित ब्यक्तिको हत्या गरि बोरामा हालेर फालेको अवस्थामा भेटिएको छ ।

आज दिउँसो सल्लिकोट वासी खर्यानमा घाँस काट्न गएका गाँउलेहरुले एक्कासी के गनायो, भन्दा त्यहाँ नजिक एउटा बोरो फालिएको र बोरामा हेर्दा अज्ञात सब फेला परेको स्थानियको भनाई छ ।

बोरामा बाधेर हत्या गरेर फालेको अवस्थामा लाश फेला पारे पछी स्थानिहरुले प्रहरीलाई खबर गरेका थिए । हत्या गरि बोरामा हालेर फालिने ब्यक्तिको टाउको नै घटना स्थलमा नहुदा मृतकको सनाखत हुन् सकेको छैन । जिल्ला प्रहरीको टिम घटना स्थलमा पुगि सकेको छ ।

शव सडेको अबस्थामा भएकोले पहिचान हुन अझै समय लाग्ने छ । अहिले शवलाई पहिचान र पोष्टमार्टमको लागि सदरमुकाम लगिदै रहेको प्रेम खड्काले जानकारी दिनुभयो ।
घटनाको पुरा बिवरण आउँन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend