साझा नेटवर्क
अनिल खत्री ,गुल्मी भदौ १८ ।
कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा निकालिने रोपाइँ जात्रामा नयाँ पुस्ताले चासो नदिँदा यस वर्ष शुन्य भएको छ ।
कृष्ण जन्माष्टमीको अर्को दिन जिल्लाको सदरमुकाम तम्घासमा रहेका क्लवहरु गर्ने रोपाइँ जात्रा यसवर्ष भने कुनै संघ संस्थाले निकालेनन् । तर यहाँको मन्दिर व्यवस्थापन समितिले सामान्य रुपमा भएपनि रोपाइँ जात्रा र कृष्ण भगवानको रथ यात्रालाई निरन्तरता दिएको थियो ।
अघिल्ला वर्षमा खासै रौनता नल्याएपनि मन्दिरले सामान्य रुपमा तम्घास बजारमा जात्रा राखेको थियो । झण्डै ४० वर्ष पहिले देखि तम्घासमा हुँदै आएको रोपाइँँ जात्रामा यस वर्ष नयाँ पुस्ताले जिम्मेवारी लिएका क्लव संघ संस्थाले चासो नदिँदा पुरानो संस्कृति मेटिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ०३४ सालमा तत्कालिन रेसुङ्गा बाल क्लव र अर्जुन बाल क्लवले रोपाइँ जात्राको सुरुवात गरेको तम्घासका स्थानिय एबं नेकपा गुल्मीका अध्यक्ष बालसिंह काउछाले बताए ।
उनका अनुसार तत्कालिन समयमा बाल क्लवहरुले कृष्णको फोटो छातिमा राखेर रथ जस्तै मानेर अरु रापाइँ लगायतका कार्यक्रमहरु सुरुवात गरेको बताए । तर यस वर्ष देखि भने नयाँ पिढिले त्यो लामो समय देखिको संस्कृति मेटाईदिएका छन् ।
बिस्तारै त्यो प्रचलन बढ्दै आयो स्थानिय बासी एबं तत्कालिन क्लवका अध्यक्ष काउछाले भने,‘पछी ०४८ साल देखि झनै प्रतिस्पर्धात्मक रुपमा कार्यक्रमहरु हुँदै आए ।’ पछील्लो सयमा यता तम्घासमै धेरै संघ संस्थाले चासो देखाएर जात्रालाई निकै रमाइलो र ऐतिहासिक बनाउँदै आएका थिए उनले भने, ‘स्थानियले त्यसमा खासै चासो नदिँदा निकै गाह्रो हुँदै आएपनि कार्यक्रम हुनेगर्दर्थे ।’
तम्घास लगायत गुल्मीकै हकमा एउटा संस्कृति जोगाउने जात्रा मेटिनुमा स्थानियले चासो नदिनु र संघ संस्थाहरुलाई आर्थिक भार थेग्न नसक्नुले पनि यसवर्षबाट जात्रा गर्न नसकेको हुँन सक्ने काउछाको तर्क रहेको छ । तम्घासमा पछिल्लो समय यता गुल्मी युनाईटेड क्लवले उदिनढुङ्गाबाट श्रीकृष्णको रथ यात्रा, रोपाई जात्रा, हाँस्यव्यग्य गाईजात्रे प्रस्तुति, लाखे नाच सहित बिबिध साँस्कृतिक र रेसुङ्गा युवा क्लवले खानिगाउँबाट श्रीकृष्णको रथ यात्रा, रोपाई जात्रा, हाँस्यव्यग्य गाईजात्रे प्रस्तुति, लाखे नाच सहित बिबिध साँस्कृतिक देखाउने होड बाजी नै चल्थ्यो ।
क्लव र मन्दिरले तम्घास बजारका बिभिन्न स्थान सगै चिदिचौर खेल मैदानमा आई बिबिध कार्यक्रमहरु प्रस्तुत गरेर मनोरञ्जनात्म प्रस्ुतुति दिने गर्दथे । रोपाइँ जात्रा तथा बिबिध सांस्कृति कार्यक्रहरुले तम्घास बजारका बिभिन्न स्थानसँगै चिदिचौर खेल मैदानमा बिबिध कार्यक्रम मय बन्ने गर्दथ्यो । तर यस वर्ष कार्यक्रम हेर्न आएका भने तेसै फर्किएका छन् ।
क्लवहरुले निकाल्ने रोपाइँ जात्रा तथा बिबिध सांस्कृतिक कार्यक्रममा बिभिन्न नेताहरु तथा बिभिन्न घटनाक्रमसँग समन्धी हाँस्यव्यग्य प्रस्तुतिसँगै खेत रोपाइँको क्रममा गाईने वाली भाका गाएर मनोरञ्जन दिने प्रयास गर्दथे । जात्राले गुल्मीको सदरमुकाम तम्घासमा एउटा मुख्य सँस्कृति बनेको थियो ।
जात्रासँगै सांस्कृतिक कार्यक्रम हेर्न जिल्लाका बिभिन्न स्थान तथा छिमेकी जिल्लाहरुबाट मानिसहरू आउने गर्दथे । कला संस्कृतिको संरक्षणसँगै बिगतका वर्षमा जस्तै यस वर्ष पनि क्लवले बिबिध तयारी गर्न नसक्दा गर्न नसकेको रेसुङ्गा युवा क्लवका अध्यक्ष मनोज काउछाले बताए ।
रोपाइँ जात्रा निकाल्न तथा बिभिन्न लाखे नाच तथा अरु सांस्कृतिक कार्यक्रमहरुका लागि जिल्लाका बिभिन्न स्थानबाट कलाकारहरु ल्याउनु पर्ने जस्ता तयारी हुन नसक्दा गर्न नसकिएको बताए । अहिलेको नयाँ पुस्ताले पुराना संस्कार र संस्कृतिहरु विर्सिदै गरेको हुँदा यी पुराना मुल्य र मान्यताको पनि आफ्नै महत्व भएको हुँदा त्यसको संरक्षणमा नयाँ पिडिले चासो दिनु पर्ने स्थानिय वासीको भनाई छ ।
रोपाइँ जात्रामा रोपाइँको बेला असारमा गाईने वाली गित गाएर रोपारेहरुले रोपाई गरेको जस्तै गर्दा झट्ट हेर्दा जो कसैलाई पनी असारको सम्झना दिलाउँने गरि रोपारेहरुले रोपाई प्रस्तुत गर्दै गर्दा कार्यक्रममा थप आकर्षणहरु देखिने गर्दथे । क्लव बाहेक तम्घास स्थान संयुक्त मन्दिर व्यवस्थापन समिती, राधा माधब समिती, लगायतका संघ संस्थाले भगवान कृष्णको रथ यात्रा सोमबार तम्घास बजारमा परिक्रमण गराएका छन् ।
मन्दीर व्यवस्थापन समितीले मन्दीर प्राङ्गगढबाट भजन कृतन सहित निकालेको रथ तम्घास बजारका बिभिन्न स्थानमा पुजाआजा सहित बजार परिक्रमण गराएका छन् । रथ यात्रामा पञ्चे वाजा सहित बिभिन्न भजन कृतनहरुका प्रस्तुतिहरु राखिएको थियो ।
तस्विर फाइल रोपाइँ जात्राको ,सोमबार मन्दिर व्यवस्थापन समितिले निकालेको रथ यात्रा ।।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend