logo
  • आइतबार, असोज ११ २०८३

स्थानिय तह गठनपश्चात महिलाहरुका पक्षमा उल्लेखनीय काम


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी भदौ १८ ।
स्थानिय तह गठन भएपपछि गुल्मीका स्थानीय तहहरुले महिलाहरुका पक्षमा उल्लेखनीय काम गरेका छन् । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानिय तह छन् । सबै स्थानिय तहले बर्थिङ सेन्टर स्थापना, सुत्केरी भत्ता लगायतका कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।

त्यस्तै श्रीमान–श्रीमती तालिम, महिलामैत्री करेसाबारी निर्माण, महिलाहरुलाई बाख्रापालनमा अनुदान लगायतका कार्यक्रम पनि जिल्लाका स्थानिय तहले गरेका छन् । आर्थिक बर्ष २०७४÷७५ मा जिल्लाका सबैजसो स्थानिय तहले १० लाखदेखि २३ लाखसम्म खर्च गरेको पाइएको छ ।

धुर्कोट गाउँपालिका : श्रीमान–श्रीमती र सासु–बुहारी तालिम

गुल्मीको धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा महिलाहरुको क्षेत्रमा २३ लाख खर्चेको छ । उसले सबभन्दा बढी जनचेतनामुलक कार्यक्रममा बजेट खर्च गरेको गाउँपालिकाका महिला तथा बालबालिका शाखाकी प्रमुख शारदा ओलीले जानकारी दिइन् ।

गाउँपालिकाले वार्ड नम्बर ६ रजस्थलमा तिन दिने समूह सदस्यको अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै गाउँपालिकाको वार्ड नम्बर २ पिपलधारा, वार्ड नम्बर ३ हाडहाडे र वार्ड नम्बर ७ वाग्लामा तिन–तिन दिने श्रीमान–श्रीमती तालिम सम्पन्न गरेको छ ।

प्रत्येक वार्डमा ५०÷५० जोडिलाई यस तालिम प्रदान गरिएको थियो । यसबाट महिला विकास कार्यक्रममा आवद्ध भएका श्रीमान–श्रीमती विचको सम्बन्ध अझ नजिक भई घरायसि झगडामा न्यूकिकरण भएको ओलीले बताइन् । धुर्कोट गाउँपालिकामा गत बर्ष सबै वडामा टोल संरक्षमण महिला मञ्च पनि गठन भएको छ ।

मञ्मा एक घरका न्यूनतम एक महिला आवद्ध भएका थिए । त्यस्तै अन्तरपुस्ता सिप हस्तान्तरण तालिम पनि सम्पन्न भएको छ । एउटै घरका सासु र बुहारीलाई प्रदान गरिएको तालिम वार्ड नम्बर १ जैसिथोक, वार्ड नम्बर ४ जैसिथोक र वार्ड नम्बर ५ वस्तुमा प्रदान गरिएको थियो ।

यस तालिमबाट एक सय परिवार लाभाम्भित भएका गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । त्यस्तै गाउँपालिकाले गत बर्ष वडाको एउटा माध्यमिक विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण वितरण गरेको थियो ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कालापोखरा मैदानमा गाउँपालिकास्तरिय मैत्रिपूर्ण फूटबल प्रतियोगिता पनि सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।

इस्मा गाउँपालिका : सुरक्षित महिनावारी गाउँपालिका

इश्मा गाउँपालिकाले पनि आर्थिक बर्ष २०७४÷७५ मा १७ लाख बराबरको कार्यक्रम गरेको छ । महिलाहरुका पक्षमा गत बर्ष गाउँपालिकाले एक दर्जनभन्दा बढी कार्यक्रम गरेको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।

उसले सुत्केरीलाई पोषण भत्ता वितरण, महिला नेतृत्व विकास तालिम जस्ता कार्यक्रम गरेको छ । त्यस्तै महिलाहरुको पाठेघरसम्बन्धि सम्बन्धि तिनओटा शिविर पनि इश्मा गाउँपालिकाले सम्पन्न गरको छ । महिला उद्घोषण, सेनेटरी प्याड निर्माण र सबै माविमा सुरक्षित महिनावारी तालिम प्रदान गरिएको उपाध्यक्ष खत्रीले जानकारी दिइन् ।

गुल्मीमै पहिलो पटक इश्मा गाउँपालिकाले आफूलाई ‘सुरक्षित महिनावारी गाउँपालिका’ समेत घोषणा गरेको छ । जसका लागि उसले सबै विद्यालयका छात्राहरुलाई एक बर्षभरी पुग्ने गरी प्याड वितरण गरेको छ ।

गाउँपालिका प्रत्येक वार्डमा बर्थिङ सेटर, महिनावारी स्वच्छता तथा सम्बन्ध अभिमुखिकरण तालिम पनि गत बर्षमा महिलाहरुका पक्षमा भएका कामहरु भएको गाउँपालिकाले जनाएको छ ।

मदाने गाउँपालिका : बाख्रापालनमा १० हजार अनुदान

मदाने गाउँपालिकाले पनि गत बर्षमा महिलाहरुलाई सिपमुलक तालिम, कृषिमा अनुदान, पोषण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । मदाने गाउँपालिकाले सिलाइ–कटाई, अगरबत्ति निर्माण, मैनबत्ति निर्माण जस्ता विभिन्न सिममुलक तालिम संचालन गरेको जनाएको छ ।

उसले गाउँपालिकाका तिन सय महिलाहरुलाई तालिम प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत शुरेश भण्डारीले जानकारी दिए । उसले उपभोक्ता समितिका अध्यक्ष, सचिव वा कोषाध्यक्ष मध्ये कुनै एक पदमा महिला अनिवार्यको ब्यवस्था पनि गरेको छ ।

त्यस्तै महिलाहरुले बाख्रापालन गर्दा पाचँ देखि १० हजारसम्मको अनुदानको ब्यवस्था गरेको छ । त्यस्तै वडा नम्बर १ अग्लुङ, २ बाझँकटेरी र ३ सिर्सेनीमा बर्थिङ सेन्टर स्थापना गरेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए ।

मुसिकोट : बाख्रा र कसेबारीमा अनुदान, मौरीका घार वितरण

मुसिकोट नगरपालिकाले भने भौतिक संरचना बनाउने आय–आर्जनका कामलाई बढी प्राथमिकता दिएको छ । नगरपालिकाले नौ वटै वडामा सिलाईकटाई तालिम सम्पन्न गरेको छ ।

जसमा एउटा वडामा ४० जनाको दरले तिन सय ६० जनाले सिलाईकटाई सिप सिकेको नगरपालिकाको तथ्याङ्गमा उल्लेख छ । नगरपालिकाका नौ वटै वडामा महिलाहरुका लागि सामुदायिक वडा भवन निर्माण भएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

मुसिकोट नगरपालिकाले लक्ष्मीनारायण महिला कृषि सहकारी मार्फत एक सय आधुनिक मौरी घार पनि वितरण गरेको छ । महिला लक्षित कार्यक्रमअन्तरगत एउटा बाख्राको खोर बनाउनेलाई प्रति महिला १० हजार र कसेसाबारी निर्माणका लागि प्रति महिला चार हजार दरले अनुदान समेत प्रदान गरेको छ ।

महिला स्वास्थ्य स्वयम् सेविकालाई मासिक एक हजार प्रोत्साहन भत्ता र बर्थिङ सेन्टर स्थापना पनि मुसिकोटले गत बर्ष महिलाका पक्षमा गरेका काम हुन् । नगरपालिकाले हालसम्म आपँचौरमा दुईवटा, ग्वाचिदि, इन्द्रेगौडा, बडागाउँ र वामी गरी कुल छ वटा बर्थिङ सेन्टर स्थापना गरेको छ ।

इन्द्रेगौडा र पौदीँ अमराईमा ढाका बुनाई तालिम समेत संचालन गरेको नगरप्रमुख सापकोटाले जानकारी दिए ।

चन्द्रकोट गाउँपालिका : महिलाहरुको गाइनो परिक्षण

जिल्लाको चन्द्रकोट गाउँपालिकाले प्रत्येक निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयका छात्राहरुलाई प्याड वितरण गरेको छ । गाउँपालिकाले एक बर्षसम्म पुग्ने गरी विद्यालयमा महिनावारी भएमा विद्यालयमै प्याडको समेत ब्यवस्था गरेको हो ।

महिला हिसां न्यूनिकरण गर्ने उदेश्यले विद्यालयमा यौन हिसांसम्बन्धि कार्यक्रम पनि चन्द्रकोटले सम्पन्न गरेको छ । महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई माासिक बैठकमा भत्ताको ब्यवस्था गरिएको पनि गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए ।

गाउँपालिकामा महिलाहरुको गाइनो परिक्षणको लागि वार्ड नम्बर ४ शान्तिपुर र वार्ड नम्बर ६ हरेवामा शिविर सम्पन्न भएको छ । सुत्केरी प्रोत्साहन भत्ता एक हजार जुनसुकै गाउँपालिकाको अस्पतालमा सुत्केरी हुन आउने महिलालाई पनि गाउँपालिकाको तर्र्फबाट एक हजार प्रदान गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

चन्द्रकोट गाउँपालिकामा प्रत्येक वडाका २÷२ जनाका दरले सबै वडाका महिलाहरुलाई नेतृत्व विकास सम्बन्धि तालिम दिइएको छ । त्यसैगरि निर्वाचित जनप्रतिनिधि महिलाहरुलाई पनि दुई दिने क्षमता विकास सम्बन्धि तालिम दिइएको गाउँपालिकाले जनाएको छ ।

चन्द्रकोट गाउँपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा आठ लाखभन्दा बढी खर्च गरेको गाउँपालिकाले जनाएको छ ।

सत्यवती गाउँपालिका : तिज गित प्रतियोगिता

जिल्लाको सत्यवती गाउँपालिकामा लैङ्गिक हिसांसम्बन्धि जनचेतनामुलक कार्यक्रम बढी भएका छन् । त्यस्तै गाउँपालिकाभित्रका १० ओटा पिछडिएका ठाउँमा जनचेतनामुलक कार्यक्रम भएका छन् ।

त्यस्तै गत बर्षको तिजमा कृषिमा आघारीत तिज गित प्रतियोगिता पनि गाउँपालिकाले आयोजना गरेको गाउँपालिका प्रमुख पारिश्वर ढकालले जानकारी दिए । त्यस्तै यो बर्ष पनि गाउँपालिकाले जनचेतनामुलक कार्यक्रम बढी गर्ने योजना रहेको गाउँपालिकाले जनाएकोे छ ।

रेसुङ्गा नगरपालिका : महिला समूह गठन

जिल्लाको सबैभन्दा पुरानो रेसुङ्गा नगरपालिकाले पनि महिलाहरुको क्षेत्रमा विभिन्न कामहरु गरेको छ । नगरपालिकाभित्र चारवटा समूह गठन गरी महिलाको क्षेत्रमा काम गरीरहेको छ । वडा नम्बर ३ भाडगाउँ, ५ भुवनपानी, ७ कुँडापानी र वडा नम्बर ८ खाँनिगाउँमा महिला समूह गठन गरिएको नगरपालिकाले जनाएको छ ।

यी कार्यक्रमको लागि नगरपालिकाले एक लाख ६० हजार बजेट विनियोजन गरेको महिला, बालबालिका तथा समाज कल्याण शाखाकी सहायक महिला निरिक्षक पवित्रा पाण्डेले जानकारी दिइन् । यी वडाहरुमा ३० जना महिलाहरुलाई तिन दिने अनुशिक्षण तालिम समेत प्रदान गरिएको छ ।

नेतृत्व तथा सँस्थागत विकास तालिम वडा नम्बर १२ उर्लेनीमा सम्पन्न गरेको छ । जसका लागि नगरपालिकाले ४० हजार बजेट विनियोजन गरेको थियो । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वडा नम्बर १४ पराल्मीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

४० हजार रकममा गरिएको यस कार्यक्रममा महिलाको वर्तमान स्थिति तथा सुधार गनुपर्ने पक्ष तथा नगरपालिकाले गर्न सक्ने कार्यको बारेमा छलफल गरिएको सहायक महिला निरिक्षक पाण्डेले जानकारी दिइन् ।

नगरपालिकाले २५ हजार बजेटमा १४ वटै वार्डका उपभोक्ता समितिका महिलाहरुलाई योजना सम्पन्न गर्ने तरिकाबारे तालिम पनि सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।

मालिका गाउँपालिका : गर्भवती महिलाको घरमा हरियो झण्डा

मालिका गाउँपालिकाले पनि गत बर्ष महिलाहरुको पक्षमा एक दर्जनभन्दा बढीक कार्यक्रमहरु गरेको जनाएको छ । उसले महिलाहरुको ब्यक्तित्व विकास, सिपमुलक तालिम प्रदान तथा पोषण भत्तालाई प्राथमिकता दिएको छ ।

गाउँपालिकाले महिलाहरुको आय–आर्जनको लागि सबै वडामा सिपमुलक तालिम संचालन गरेको थियो । मुडा तथा बुटिक बुन्ने, अचार बनाउने जस्ता तालिमहरु सांचालन गरको छ । उक्ता तालिममा एउटा वडाका न्यूनतम २५ महिला सहभागि भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।

त्यस्तै वार्ड नम्बर ६ अर्जेमा गर्भवती हुने महिलाको घरमा हरियो झण्डा टाँसिएको छ । सबै वडामा प्रसुति गृहको स्थापना गरिएको छ । मालिका गाउँपालिकाले महिलाहरुलाई नेतृत्व विकास तालिम, विभिन्न सामाजिक संघ–सस्थाँका महिला सदस्यहरुलाई पाचँ दिने तालिम समेत प्रदान गरि एको प्रवक्ता गिरीले बताए ।

गत आर्थिक बर्षमा मालिका गाउँपालिकाले कुल बजेटको १० प्रतिशत खर्च गरेको गाउँपालिका उपाध्यक्ष देवा अर्यालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend