logo
  • आइतबार, असोज ११ २०८३

कृष्ण जन्माष्टमीको अवसरमा गुल्मीको तम्घासमा रथयात्रा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सुनिता कंडेल गुल्मी भदौ १८ ।
कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु भएका छन् । तम्घास स्थान संयुक्त मन्दिर व्यवस्थापन समिती, राधा माधब समिती, लगायत बिभिन्न संघ संस्थाले भगवान कृष्णको रथ यात्रा तम्घास बजारमा परिक्रमण गराएका छन् । मन्दीर व्यवस्थापन समितीले तम्घासको नयाँ बजार मन्दीर प्राङ्गगढबाट भजन कृतन सहित निकालेको रथ तम्घास बजारका बिभिन्न स्थानमा पुजाआजा सहित बजार परिक्रमण गराएका हुन् । रथ यात्रामा पञ्चे वाजा सहित बिभिन्न भजन कृतनहरु गरेका थिए ।

श्रीकृष्णको रथलाई तम्घास बजार परिक्रमण गर्ने शिलसिलामा बजारका बिभिन्न स्थानमा महिलाहरुले पुजा गरेका थिए । मन्दिर व्यवस्थापन समितिले कृष्ण जन्माष्टमीको अबसरमा वर्षौ देखि बिबिध कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend