साझा नेटवर्क
सुनिता कंडेल, गुल्मी भदौ १८ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिन थालेसँगै बजारमा चहल पहल बढ्न थालेको छ । तिज पर्वको लागि आबश्यक पर्ने सामानहरु किनमेल गर्न बजारमा आउन थालेसँगै चहलपहल वढ्न थालेको हो ।
महिलाहरुको महान पर्वको रुपमा रहेको तिजको लागि बिभिन्न नयाँ कपडाहरु तथा बिभिन्न गरगहनाहरु किन्न ग्राहकहरु बजार केन्द्रित हुँन थालेपछी बिस्तारै तिजको रौनक भित्रिन थालेको छ । गुल्मीको सदरमुकामसँगै ग्रामीण भेगका मुख्य बजारहरुमा किनमेलमा लागि चाप वढ्न थालेपछी चहलपहल सुरु हुन थालेको छ ।
तिज पर्वको लागि लत्ता कपडाहरुसँगै अरु खाद्यान्न सामाग्रीहरु किनमेल गर्न बिभिन्न ग्रामीण भेगबाट बिस्तारै बजारमा आउने गर्नाले अरु समयमा भन्दा चाड पर्वमा जिल्लाको सदरमुकाम तम्घासका बिभिन्न फेन्सी तथा खाद्यान्न पसलहरुमा किनमेल गर्नेहरुको भिडभाड देखिन्छ ।
नयाँ कपडा र गरगहनाहरु सजिएर तिज पर्वमा हुँने बिभिन्न मेलाहरुमा पुग्नका लागि अरु सामाग्री भन्दा वढि लत्ता कपडाको बढि व्यापार तथा किनमेल हुने गर्दछ, यसले गर्दा बजारमा तिजको निकै चहलपहल देखिएको छ ।
तिज पर्वको अबसरमा पछिल्लो समय यता बिभिन्न समुह मिलेर दर खाने प्रचलन वढेको छ । पर्वको अबसरमा झण्डै एक महिना पहिलेबाटै बिभिन्न संघ संस्था तथा समुहले आयोजना गरेर दर खाने प्रचलन पनि वढेको छ ।
समुह संघ संस्थाले एक आपसमा चाडपर्वको अबसरमा आत्मियता साट्न तथा संस्कृतिलाई जोगाउने उदेश्यले यस्ता कार्यक्रमहरु राख्ने गरेको आयोजकहरु बताउँछन् । यो प्रचलन पनि गुल्मीमा वढ्दै जान थालेको छ ।
बिभिन्न पार्क तथा पार्टी प्यालेसमा महिलाहरु भेला भएर तिजका गीतहरुमा नाच्ने तथा दर खाने प्रचलन पछिल्लो समयमा वढ्दै गएको छ । जिल्लाका बिभिन्न स्थानमा दिनानुदिन दरखाने तथा नाच गान गर्ने कार्यक्रमहरु हुने गरेका छन् ।
जिल्लाका विभिन्न स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता समेत सञ्चालन हुँने क्रम बढ्न थालेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend