logo
  • शनिबार, असोज १० २०८३

अर्घारजस्थल मा.वि.सन्धिखर्क ९ अर्घामा अखिल छैठौंकाे सङ्गठन बिस्तार


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जितेन्द्र खत्री , अर्घाखाँची भदौ १८ ।
सामाजिक अन्धबिस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियान थालेको अखिल छैठौं अर्घाखाँचीले अर्घारजस्थल मा.वि.सन्धिखर्क ९ अर्घामा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.,सह–सचिव सन्देश खनाल र सदस्य आकाश भाटले समाजमा घटिरहेका बलत्कार,हत्या,लैङ्गिक हिंसा तथा सामाजिक कु प्रथा बिरुद्ध सचेतना मुलक मन्तव्य राख्दै सामाजिक बिकृतिका बिरुद्ध युवा बिद्यार्थीले घर–घरमा सचेतना गराउनुपर्नेमा जोड दिनु पर्ने बताएका छन् ।

आसन्न असौजको ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्ने तयारी गरेको छैठौले सम्मेलनको पूर्व सन्ध्यामा सांगठानिक गतिबिधि साथसाथै सामाजिक सचेतना अभियान पनि संचालन गरेको हो । विद्यालयमा बिषयगत प्रशिक्षण पछि सम्पन्न सांगठानिक भेलाले लक्ष्मण बि.सी.को अध्यक्षतामा ९१ सदस्यिय अखिल छैठौं अर्घा रजस्थल मा.वि.मुल इकाई समितिको गठन गरेको छ ।

जसको उपाध्यक्षमा मनिष खनाल,सचिव कविता खत्री,सह–सचिव बिक्सान खत्री र कोषाध्यक्षमा रबिन परियार निर्बाचित हुनुभएको छ भने मनिषा थापा,सम्झना श्रेष्ठ,बिपना खत्री,आयुष्मा खत्री र निराजन पौडेल सचिवालय सदस्यमा चयन हुनुभएको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।


प्रकाशित मिति : १८ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend