logo
  • आइतबार, असोज ११ २०८३

अर्घाखाँचीको नरपानिमा भएको भिडन्तमा ५ जना गम्भीर घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जितेन्द्र खत्री , अर्घाखाँची भदौ १८ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा  नम्बर ६ नरपानिमा भएको कपिलवस्तु र सन्धिखर्कका युवाहरु बिचको भिडन्त सामान्य भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन् ।
घटनामा परि सन्धिखर्क का ४  जना  र कपिलवस्तु का १ जना युवा गम्भीर घाइते भएका छन  भने उनिहरुहरुको अर्घाखाँची अस्पतालमा उपचार हुन नसके पछि भैरहवा मेडिकल कलेज रिफर गरिएको जिल्ला अस्पताल का प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिए ।
तिनजना घाइतेको  जिल्ला अस्पतालमा उपचार  भईरहेको छ भने केही सामान्य घाईतेहरु  उपचार पछि घर फर्केका छन  । घटनमा सङलग्नता  भएका कपिलवस्तु का १३ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको समेत प्रजिअ भुसालले बताए ।
नारापानीमा  दिनभर माहोल तनाब ग्रस्त रहेको थियोे भने सन्धिखर्कबाट प्रजिअ खिमराज भुसाल सहितको सुरक्षा निकाएका प्रमुखहरुको टोलि घटना स्थलमा पुगेर सत्यतथ्य पत्ता लगाएपछि कपिलवस्तु का युवाहरुलाई नियन्त्रणमा लिएको  प्रहरी  निरिक्षक खिम बहादुर घमले बताउनु  बताए  ।
अहिले  नरपानीको  अबस्था सामान्य रहेको छ । भोलि बाट नै त्यस क्षेत्र लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने प्रजिअ भुसालले बताए  ।सुपादेउरालि पुजाको प्रसाद खान पुगेका युवाहरु बिच दिनभर झडप भएको थियोे ।
झडपमा परि ५ जना गम्भीर र अन्य गरि १२ जना सामान घाईते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति :१८ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend