logo
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँची सम्पर्क समिति युएई सारजाह क्षेत्रीय समितिले मनायो तिज


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बसन्त आचार्य ,युएई भदौ १७ गते । अर्घाखाँची सम्पर्क समिती युएई सारजाह क्षेत्रीय समितिले तीज विशेष कार्यक्रम भव्यरुपमा मनाएको छ हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर युएईको सारजाह रोला स्थित रोटना होटलमा सम्पन्न गरेको हो ।

व्यवसाय,रोजगारीका लागी अर्घाखाँचीबाट युएई पुगेका अर्घाखाँचीवासिहरु बाक्लो जमघट रहेको उक्त कार्यक्रम अर्घाखाँची सम्पर्क समिती युएई सारजाह क्षेत्रीय समितिका अध्यक्ष आयुष खडकाको सभापतित्व कमल आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथीमा समितिका केन्द्रीय अध्यक्ष कृष्ण भुसाल विशिष्ट अतिथिमा समितिका संरक्षक राजु खड्का विशेष अतिथिमा प्रेमराज ढकाल त्यस्तै अतिथीहरुमा समितिका वरिष्ठ उपाध्यक्ष झविन्द्र पोख्रेल ,विष्णु खड्का ,महासचिव घनश्याम ज्ञवाली महिला समिति अध्यक्ष सृजना केसि लगायतले मन्तव्य राख्दै हामी जहा रहेपनी आफ्नो मौलिक रितिरिवाज ,परम्परालाई जोगाई राख्नु पर्ने भन्दै हरितालीका तिजको शुभकामना दिएका थिए ।

कार्यक्रममा जिल्लाका कलाकारहरुले तिजका गित गाउदै छमछमी नाच्दै महिलाहरुलाई दर खुवाएर मनाएका थिए कार्यक्रम बसन्त आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend