logo
  • शनिबार, साउन ३० २०८३

सिद्धवावा माविले जित्यो फुटबलको उपाधी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी भदौ १६।
सदरमुकाम तम्घासमा जारी पुल्चोक कप फुटवलको उपाधी सिद्धवावा माध्यमिक बिद्यालयले प्राप्त गरेको छ । पुल्चोक स्र्पोट क्लव तम्घासले जिल्ला स्तरीय माध्यमिक विद्यालय छात्रा फुटवलको आयोजना गरेको थियो । फाइनल खेलमा उपल्लो तम्घास माध्यमिक बिद्यालयलाई ३–० गोल अन्तरतले पराजित गदै सिद्धवावा माध्यमिक बिद्यालयले पुल्चोक कप फुटवलको उपाधी आफ्नो पोल्टामा पारेको हो । सिद्धवावा माध्यमिक बिद्यालयका तर्फवाट छात्रा अस्मिता सदाले पहिलो हाफको १७ मिनेटमै उत्कृष्ट गोल प्रहार गर्दै उपल्लो तम्घास माध्यमिक बिद्यालयको टिमलाई पछि पारेकी थिइन् ।

त्यस्तै खेलको ५७ औ मिनेटमा सिद्धवावाकै जुना कुवँरले १ गोल थप्दै २ सुन्यको अग्रता दिलाइन् । भने खेलको ६९ मिनेटमा पुन: अस्मिता सदाले १ गोल थपेपछि सिद्धवावा माध्यमिक बिद्यालयले बिजयी हासिल गरेको थियो । सवै भन्दा धेरै गोल गर्ने र उत्कृष्ट खेलाडी, पहिलो गोल गर्ने लगाउत निरन्तर खेल अवलोकन गर्ने दर्शकलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

प्रमुख अतिथी समेत रहेका बिरभद्रजंग गुल्मका गुल्मपति जनमत बहादुर कार्की, शसस्त्र प्रहरी बल गुल्मका गुल्मपति दिनेश बहादुर रायमाझी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रोशन खड्का, रेसुङ्गा नगरपालिका वडा नं ८ का वडाध्यक्ष भरत भलामी लगायतले खेलाडीको हौसलाका लागि पुरस्कार सौजन्य गरेका थिए ।

उत्कृष्ट खेलाडीको रुपमा सिद्धवावा माध्यमिक बिद्यालयकी विमला बस्नेत र सर्बाधिक गोलकर्ता पनि सिद्धबाबा माविकी अस्मिता सदा भएको आयोजकले जनाएको छ ।

भदौ १३ गते बुधवारदेखि जारी छात्रा फुटवल पुल्चोक कपका लागि जिल्लाका १ दर्जन बढी बिद्यालयका खेलाडीहरु सहभागी भएको पुल्चोक स्र्पोट क्लव तम्घासका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्लामै पहिलो पटक माध्यमिक बिद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend