logo
  • आइतबार, असोज ११ २०८३

गुुल्मीमा पनि मनाइयो राष्ट्रिय पुस्तकालय दिवस


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी भदौ १५ ।
११ औँ राष्ट्रिय पुस्तकालय दिवस गुल्मीमा पनि मनाइएको छ । जिल्लाको सदरमुकाममा रहेको किरण पुस्तकालयद्धारा उक्त दिवस मनाइएको हो । यस बर्षको राष्ट्रिय पुस्तकालय दिवसको नारा ‘समृद्ध पुस्तकालय, सुदृढ समाज’ भन्ने रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी प्रलाद पोखरेल, रेसुङ्गा नगरपालिकाका उपप्रमुख सिता भण्डारी, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका बक्ताहरुले पुस्तकालय दिवसको महत्वको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा किरण पुस्तकालयमा आठ हजार भन्दा बढीका पुस्तकहरु थप गरिएको छ ।

२०२५ सालमा स्थापना भएको किरण पुस्तकालय गुल्मीको एकमात्र अस्तित्वमा रहेको सार्वजनिक, ऐतिहासिक पुस्तकालय हो । यसमा हाल १० हजारभन्दा बढी पुस्तकहरु रहेको पुस्तकालय ब्यवस्थापन समितिका उपाध्यक्ष शशि पन्थीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लाका क्याम्पस लगायत विभिन्न शिक्षण सँस्था, जिल्ला शिक्षा समन्वय इकाई लगायतका प्रध्यापक, शिक्षक र अन्य विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस बर्ष किरण पुस्तकालयले बर्षभरी स्वर्ण जयन्तीका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

जसअन्तरगत पुस्तकालयले यहि भदौ २४ गते युवककवि मोतिराम भट्टको १५३ औँ जन्मजयन्तिको अवसर पारेर कविता र गजल प्रतियोगिताको आयोजना गर्ने भएको छ । त्यस्तै ५ नम्बर प्रदेश स्तरिय प्रथम पुस्तकालय सम्मेलनको पनि आयोजना गर्ने पुस्तकालयले जनाएको छ ।

जिल्लास्तरिय रुपमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्षमण पराजुलीको अध्यक्षता, पुस्तकालयका उपाध्यक्ष पन्थीको स्वागत मन्तब्य तथा संचालन पुस्तकालयका सदस्य गोपाल पन्थीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend