साझा नेटवर्क

सन्धिखर्क अर्घाखाँची भदौ १६ गते । अर्घाखाँची प्रिमियर लिग (एपिएल) ले शनिवार पत्रकार सम्मेलन गरी जिल्लाको सबै भन्दा ठुलो दोश्रो क्रीकेट प्रिमियर लिग सन्धिखर्कमा असोज १२ गते बाट हुने जनाएको छ ।
सन्धिखर्कमा हुने क्रिक्रेट खेललाई कसरी अनुशासित र भव्य रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा आज सन्धिखर्कको न्यु स्टार होटलमा बसी छलफल गरिएको हो । क्रिक्रेट खेललाई अन्तर्राष्ट्रिय स्थरमा चिनाउन विदेशी भुमिमा कार्यरत खेलप्रेमी , समाज सेवि, राजनीतिदल तथा संचार माध्यमको ठूलो सयोग हुने अपेक्षा र भुमिका रहेको संस्थाका अध्यक्ष ऋषि भट्टराईले बताएका थिए ।
उक्त कार्यक्रममा पत्रकार महासंघ जिल्ला अध्यक्ष हिम ब. लेकाली पत्रकार सयोगी बिसी , नयाँ एफ का स्टेशन म्यानेजर हरि प्रसाद भुसाल , पत्रकार गणेश खनाल , पत्रकार कमल विस्ट , मन्तव्यराख्दै सुझाव राखेका थिए ? पत्रकारहरु , समाज सेवि लगाएत खेलाडीहरु को उपस्थिति रहेको थियो ।

जिल्लाको सबै भन्दा ठूलो खेल एपिएल प्रतियाेगितामा प्रथम हुने टिमले नगद रु १ लाख ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने द्वितीय हुनेले ५५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने खेलमा अहिलेसम्म चारवटा टिमले भागलिने भएका छ्न जसमा एम्स स्टार, सुपर सुपा – ११, राेयल सन्धिखर्क र नमस्ते अर्घाखाँची रहेका अध्यक्ष भट्टराई ले जानकारी गराएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend