logo
  • आइतबार, असोज ११ २०८३

प्रदेश २ मा ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

धनुषा,भदौ १५ गते । प्रदेश नम्बर २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियान आज शुभारम्भ भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् ।

प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए ।

उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै सामाजिक रुपान्तरणका लागि यसखालका अभियान कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

कृष्णाष्टमीमा सार्वजनिक बिदा

प्रदेश सरकारले कृष्णाष्टमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्णाष्टमीका अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend