साझा नेटवर्क
अर्घाखाँची, भदौ १३ ।
आसन्न असौजको ५ र ६ गते २४ औं जिल्ला सम्मेलन गर्ने तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले आजबाट सांगठनिक अभियानको थालनी गरेको छ ।
जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा सांगठनिक अभियान संगै समाजमा घटिरहेका बलत्कार, हत्या, लैङ्गिक हिंसा तथा सामाजिक कुप्रथा बिरुद्ध सचेतना अभियान चलाउने निर्णय गरेको छैठौले आज जनता कृष्ण मा.वि. किमडांडा पकलेमा कार्यक्रम गरि अभियानको उद्घाटन गरेको हो ।
उक्त विद्यालयका उपल्लो तहका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको उक्त बिशेष कार्यक्रममा छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी. र सह–सचिव सन्देश खनालले सहजिकरण गर्नुभएको हो ।
बिषय केन्द्रित प्रशिक्षणपछि सम्पन्न भएको संगठनको भेलाले रोसन पन्थीको अध्यक्षतामा ५१ सदस्यिय अखिल छैठौं जनता कृष्ण मा.वि. मुल इकाइ समितिको गठन गरेको छ ।
जसको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः मिना राना, हेमु थापा, तारा मल्ल र रबिना क्षेत्री चयन हुनुभएको अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend