logo
  • शनिबार, असोज १० २०८३

सरकारसँग कसैले लोकतन्त्रको सर्टिफिकेट मागिरहन पर्दैनः प्रधानमन्त्री ओली


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं,भदौ,१२। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन तयारी र एजेन्डाको विषयमा सम्बोधन गरेका हुन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको शिखर सम्मेलन हुँदैछ ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति समेत जनाए ।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आफ्नो सरकारसँग कसैले लोकतन्त्रको सर्टिफिकेट मागिरहन नपर्ने बताए ।

उनले भने, ‘यो लोकतन्त्र कसैले हामीलाई किस्तीमा हालेर दिएको होइन । दशाकौं संघर्ष गरेर हामीले नै हासिल गरेका हौं’, ओलीले भने, ‘तानाशाही दिनहरुमा सँगै जेल जिवन बिताएका साथीहरुले नै सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा म छक्क पर्छु ।‘लोकतन्त्रप्रति जीवनसमर्पित गरेको हुनाले मेरो अलि बढी आशक्ति पनि हुन सक्छ । म त्यसकारण विकासका लागि विक्वान जति कठोर हुन सक्दिन । हामी लोकतन्त्रको बाटो बाटै विकास हासिल गर्न सक्छौं ।’

करका विषयमा भइरहेको विरोधमा पनि ओलीले केही ठाउँमा नयाँ अभ्यासका क्रममा त्रुटी भएको भए पनि बाहिर हल्ला गरिए जस्तो नभएको बताए। शिक्षा, स्वास्थ्यका विषयमा निशुल्कको कुरा पनि गर्ने तर कर उठाउँदै गर्दा विरोध गरिहाल्ने गलत भएको उनले बताए।

‘साइकलमा कर लगाइएको होइन, साइकल पसलमा लगाइएको हो, अण्डामा कर लगाइएको होइन अण्डा ब्यापार गर्नेलाई कर लगाइएको हो, भैंसीमा कर लगाइएको होइन भैंसी, दूध, चीज बेच्दा कर लगाइएको हो’ उनले भने।

साथै उनले भर्खरै जारी भएका मुलुकी संहिताहरुको विषयमा भएको विरोध पनि नसुहाउँदो रहेको बताए ।

नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend