logo
  • शुक्रबार, असोज ९ २०८३

तीज पर्व घर आगनमै आउन लाग्दा “नाच माया” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

तिलु शर्मा पौडेल ।
महिलाहरुको महान पर्व हरितालिका तीज घर आगनमै आउन लागिसकेको छ । तिज नजिकिए सँगै तीजका गीतहरु बजारमा आउने क्रम पनि त्यतिकै बढेको छ । यहि पर्वलाई लक्षित गरी सरण फिल्मस प्रालिको प्रस्तुति रहेको मनोज हुगेलिको तिजको कोसेली “नाच माया” बोलको गित बजारमा आएको छ । दिपक तिरुवा र लक्ष्मि तामाङको स्वर रहेको नाच माया बोलको गीतमा रेशम तिरुवाको शब्द, राज बिश्वकर्मा को सङ्गीत रहेको छ भने सिर्जन बरालले भिडियोलाई निर्देशन गरेका छन । प्रबिन घिमिरेको छायांकन, प्रदिप दाहालको सम्पादन रहेको छ ।

गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत डिजिटल बजारमा ल्याइएको हो । गीतको भिडियोमा किशोर, आरुशी मगर, सन्चिता शाही र भरतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend