साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्दता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मुल नाराका साथ कतारमा सक्रिय रुपमा रहेको गुल्मी सेवा समाज कतारको सातौं साधारणसभा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मानार्थ परिषद सदस्य टीबी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका परिषद सदस्य कमलमणि गुरागाई, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका पुर्व अध्यक्ष विनेश तामाङ, द्वितीय उपाध्यक्ष सुदर्शन भट्ट, बुद्दिजिवि तथा समाजसेवी क्रान्ति सिँह, प्रवासी नेपाली मंचका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितिका कावा महामन्त्री केदारनाथ भुसाल, नेपाली जनप्रगतिशिल मंचका मोहन कार्की, तराई मधेश लोकतान्त्रिक मंचका अध्यक्ष हुसेन खान, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष देबराज राई, नयाँ शक्ति पार्टिका संयोजक देव परियार, अन्तर्राष्ट्रिय मुस्लिम समाजका युवा संयोजक अख्तर अलि खान, नेपाल लोकदोहोरी गित प्रतिष्ठान कतार शाखाका अध्यक्ष कृष्ण बराल, नेपाली महिला समाजकि महासचिव अम्विका खत्री, समाज सेवी तथा व्यवसायी माया केसी, बसन्त फिल्मस् प्रालीका मेघ मोक्तान, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष सेर बहादुर रोका, पर्वत सेवा समाजका संरक्षक छवीलाल भट्टराई, गुल्मी सेवा समाजका संरक्षक द्रोण बहादुर बस्नेत, सल्लाहकार विजय विक्रम बस्नेत, बिष्णुप्रसाद गौतम, भिम तरामु मगर सस्थापक सचिव अर्जुन बस्नेत, सस्थापक सदस्य सुरेन्द्र खाती लगायत विशेष अतिथि रहनु भएको थियो ।
यसैगरी अथितीहरुमा अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार लिलमचिदी मगर, प्युठान सेवा समाजका अध्यक्ष बलदेव राना, समाज सेवा अभियान रुपन्देहीका सचिव कृष्ण प्रसाद न्यौपाने, दाङ देउखुरीसेवा समाजका अध्यक्ष बसन्तराज पुरी, बाके प्रवासी सेवा समाजका अध्यक्ष प्रकाश कोइराला, प्रदेश न ५ समन्वय परिषदका सचिव डिल्लीराम भट्टराई, बाग्लुङ सेवा समाजका अध्यक्ष सागर पौडेल, गोरखा सेवा समाजका उपाध्यक्ष राजेश्वर ढकाल, मोरङ सुनसरी सेवा समाजका उपाध्यक्ष दिलिप पराजुली, मोना कतारका अध्यक्ष रमेस पौडेल, रोल्पा जलजला सेवा समाजका अध्यक्ष शिव बुढाथोकी, लमजुङ सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ, दलित एकता संजालका किरण परियार, एभरेष्ट दैनिकका पत्रकार गणेश बन्जाडे, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका दिल कुमार रानाभाट साझा नेटवर्ककर्मी द्वय टेकराज थापा, चक्र चन्द लगायत विभीन्न सँघ संस्थाका प्रतिनिधिहरु रहनु भएको थियो ।
रोजगारीको सिलसीलामा कतारमा कार्यरत गुल्मेली तथा प्रवासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको उल्लेख्य उपस्थितले कार्यक्रमको सभाहल खचाखच भरिएको थियो । ४ लाख भन्दाबढी नेपाली रहेको कतारमा गुल्मेलीको पनि कमि छैन । सामाजिक भावना भएका गुल्मेलीहरु कार्यकमलाई सफल बनाउन बिभिन्न कोणबाट सहयोग गरीरहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि टीबी कार्कीलीले व्यानर अनावरण तथा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सस्थाका उपाध्यक्ष झबिन्द्र आचार्यले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा सस्थालाई अमुल्य योगदान दिनुहुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
संस्थाले आयोजना गरेका विभिन्न सांस्कृतिक एवम अन्य विविध कार्यक्रहरुमा सहयोग गर्नुहुने स्वयसेवक तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि टीबी कार्की लगायत विभिन्न वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष एवम सातौं साधारणसभाका सभापति पाण्डेले कार्यक्रम सफल बनाउन अमुल्य योगदान दिनुहुने सम्पूर्ण प्रति विशेष धन्यवाद दिदै सभालाई पुर्णता दिनु भएको थियो । सो साधारणसभाले पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति गठन गरेको छ ।
नव निर्वाचित कार्यसमितिको अध्यक्षमा झविन्द्र आचार्य, प्रथम उपाध्यक्ष लिलामणि पन्थी (कुमार अविरल) द्वीतीय उपाध्यक्ष मित्र वि एस, सचिव कमल अर्याल, सह-सचिव सुरज बिसी, कोषाध्यक्ष सुरज चन्द बोहोरा, सह-कोषाध्यक्ष लोक सुनार, क्षेत्रीय संयोजक क्षेत्र न. १ मिन प्रसाद पोख्रेल, क्षेत्रीय संयोजक क्षेत्र न. २ सुन्दर बस्नेत रहनु भएको छ ।
तेस्तै सदस्यहरुमा देव लम्साल, हरि अर्याल, शीसिर कंडेल, कमल ज्ञवाली, गणेश ढकाल, टीकाराम गौतम, यमलाल पोख्रेल, अर्जुन कुवर, दर्शन सुनार, ज्ञान ब. घर्ती, रिखा ब. दर्जी, रहनु भएको छ ।
कार्यकमको अन्त्यमा बोल्दै नव निर्वाचित अध्यक्ष आचार्यले सस्थालाई आगामी दिनमा अझ सशक्त एवम कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई एक ढिक्का बनाउदै अगाडी बढ्ने प्रतिबद्ता व्यक्त गर्नुभयो । सल्लाहकार समिति एवम रिक्त रहेका पदहरुमा सस्थाको पहिलो बैठकबाट पदपूर्ति गरिने नव निर्वाचित अध्यक्ष झविन्द्र आचार्यले साझा नेटवर्कलाई जानकारी दिनुभयो ।














© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend