logo
  • आइतबार, असोज ११ २०८३

सांसद चौधरी भन्छिन बलात्कारीलाई फाँसी दिने व्यवस्था गर्नुपर्छ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौं, भदौ ९ ।
बढ्दो बलात्कारी  घटनाले  चौतर्फी बिरोध  गर्दै हत्यारालाई कडा कारबाईको माग गरि रहेको बेला  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले बलाल्कारीलाई फाँसी दिने कानून ल्याउनु पर्ने  आवश्यक भएको बताएकी छिन् ।रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘जनताका मागहरु राज्यले पूरा गर्नुपर्छ । कञ्चनपुरका जनताहरु आँखामा आँसु बोकेर सडकमा उत्रेका छन् । कुनै राजनीतिक गन्ध दिएर सरकार र सरकारमा भएका व्यक्तिहरुले त्यो घट्नाका बारेमा बेखबर बन्न मिल्दैन । सरकारले यस घट्नालाई सरकारले गम्भिर रुपमा लिनुपर्छ । जघन्य अपराध गर्नेलाई मृत्युदण्ड दिनुपर्छ । हाम्रो पार्टी बलात्कारीलाई मृत्युदण्ड दिनेबारेमा छलफल गर्न तयार छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा सांसद चौधरीले आफ्नो पार्टीका झापादेखि कञ्चनपुरसम्मका महिला नेतृहरु बलात्कारीलाई मृत्युदण्ड दिने कानून व्यवस्थाको लागि एक ढिक्का भएर उभिनेपनि विश्वास दिलाईन् ।

महामन्त्री चौधरीले कञ्चनपुर घट्नामा प्रहरी प्रशासननै दोषी भएको आशंका समेत गरेकी छिन् । उनले भनिन्,‘कञ्चनपुरको घट्नाका सम्बन्धमा त्यहाँको प्रशासननै दोषी प्रमाणित हुँदैछ । तल्काल प्रहरी प्रशासनमाथि छानविन होस् । बलात्कारपछि हत्या गर्नेलाई उन्मुक्ति दिएर फरक पात्र खडा गरेर प्रहरीले आफूलाई असफल प्रमाणित गर्दैछ।’

समृद्धि र विकास नागरिकको सुरक्षाविना सम्भव नरहेको बताउँदै चौधरीले भनिन्,‘राज्यले जनताको सुरक्षा दिने हो, तर यहाँ पीडकलाईसमेत जोगाउने पक्षमा सरकार लागेको देखिन्छ । दोषीलाई मृत्युदण्ड दिने हो भने यस्ता घट्नाहरुमा कमी आउँछन्, भारत र अमेरिकामापनि पछि संविधान संशोधन गरेर मृत्युदण्डको कानून ल्याईको हो । हाम्रो देशमापनि सम्भव छ ।

चौधरीले रेल, घर–घरमा ग्यास पाईप, पानीजहाज जस्ता खुद्रा कुरा गर्नुभन्दापनि जनताका न्युनतम समस्याहरु समाधान गर्नुपर्नेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेकी छिन् । उनले भनिन्,‘महिलाहरुमाथि भैरहेका बलात्कारलगायतका हिंसाजन्य घट्नाहरुको बारेमा सरकार गम्भिर बन्नुपर्छ । अहिले उदासिन देखिएको छ।रासस


प्रकाशित मिति: ०९ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend