logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा अस्वश्थ महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी भदौ ०९।
शारारिक तथा मानसिक रुपमा अस्वश्थ महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ म्याल बिसौना बस्ने ५६ वर्षिय धनबहादुर चुँदारालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।चुँदारालाले सोहि वडा कै ३५ वर्षिय महिलालाई ललाई फकाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रोशन खड्काले जानकारी दिए ।

शारारिक तथा मानसिक रुपमा अस्वश्थ महिलालाई भदौ ७ गते बिहिवार बिहान चुँदारालाले जबरजस्ती करणी गरेको प्रहरी नायव उपरिक्षक खड्काले बताए । जबरजस्ती करणी अभियोगमा पक्राउ परेका चुँदारालाई जिल्ला अदालत गुल्मीबाट एक हप्ताको म्याद थप गरि थप अनुसन्धान भइरहेको गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक शिबबहादुर खत्रीले जानकारी दिए ।


प्रकाशित मिति : ०९ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend