साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी भदौ ०९।
बुटबलबाट बाग्लुङको खर्वाङ जाँदै गरेको ट्रक गुल्मीमा दुर्घटना भएको छ । ना ६ ख २०६६ नम्बरको ट्रक जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा बेलुका साढे छ बजे दुर्घटना भएको हो ।
दुर्घटनाबाट ट्रक चालक सत्यवती गाउँपालिका २ का २८ बर्षिया रमेश तरामु र सहचालक तानसेन नगरपालिका १२ का २३ बर्षिया वष्णिु गैरे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष दिपक कुमार बस्नेतले जानकारी दिए।
घाइतेहरुको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ। घाइतेको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ। उद्धारको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी गएपनि पानी परेकोले समस्या परेको उपरिक्षक बस्नेतले जानकारी दिए ।
प्रकाशित मिति :०९ भदौ २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend