logo
  • आइतबार, असोज ११ २०८३

अर्घाखाँचीमा गरिबिको परिचयपत्र सम्पन्न शालिलाई वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अर्घाखाँची, भदौ ९।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा सरकारले ल्याएको गरिवी परिचयपत्र सम्पन्न शालीहरुलाई वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नम्बर ५ मा २ दर्जन भन्दा बढी सम्पन्नशाली व्यक्तीहरुलाई गरिवी परिचय पत्र वितरण गर्न गरिएको हो ।

गरिवी रेखा भित्र भएकाहरुको नामवली नजर अन्दाज गरि वास्तविक गरिवको नाम छुटाएर आफ्नै मनोमानी ढंगले पेस गरि सम्पन्न शाली व्यक्तीहरुलाई वितरण गर्न लागेको भन्दै चौतर्फी विरोध गरेका छन ।

वार्डमा सम्पन्न शालीहरुको नाम अघाडी सारी सरकारमा पेस गरि वितरण गर्न लागिएको मा गरिवको हक अधिकारलाई कुण्ठित गरि गरिवको अधिकारलाई सम्पन्न शाली व्यक्ती को पक्ष पोषण गराउन खोजिएको भन्दै समाजसेवी भोजबहादुर रायमाझीले यो घृणित काम भएको र जुनसुकै कार्यालय वा संघ संस्थाका कर्मचारीहरुलाई सच्याउन माग गर्नुभएको छ ।

सरकारले पहिलो चरणमा तनहुँ, बैतडी, अछाम, बझाङ, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलवस्तु, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिराहा, खोटाङ र भोजपुर बाट तथ्याङक संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend