logo
  • आइतबार, असोज ११ २०८३

जनप्रतिनिधी र कर्मचारीले नै गरे ५ किमी सडक मर्मत


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी भदौ ७।
गुल्मीको मालिका गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले सडक मर्मत गरेका छन् । बर्षाको भलले सिमलटारी–दगास–अर्खबाङ सडकखण्ड अत्यन्तै जिर्ण भएपछि अध्यक्ष रित बहादुर थापा सहितका जनप्रतिनिधी र कर्मचारीहरुले एक दिनभर सडकमै काम गरेका थिए । बाटोका अप्ठ्यारो ठाउँमा माटोले पुर्ने, सोलिङ गर्ने तथा नाली काट्ने लगायतका काम गरिएको नेतृत्व गरिरहेका गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेलले बताए ।सवारी साधन आवतजावतमै समस्या भएपछि गाउँपालिकाको टोलीले नै सडक मर्मत गरी संचालनमा ल्याएको पोखरेलले बताए । ११ किलोमिटर सडक मध्ये बिग्रीएको पाँच किलो मिटर सडक गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र लेन्थ वर्कर गरी ६६ जनाको सक्रियतामा मर्मत गरिएको गाउँपालिकाका सव इन्जिनीयर डिल्लीराज खनालले बताए ।

साथै लेन्थ वर्करको काम र औजारको प्रयोगका बारेमा पनि जानकारी दिइएको खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend