logo
  • आइतबार, असोज ११ २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब लिटरको १११ रुपैयाँ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३


काठमाडौं,भदौ ४ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हवाई इन्धनको मूल्य ४ रुपैयाँ ५ पैसाले बढाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १११, डिजेल र मट्टीतेल ९५/९५ र हवाई इज्धन १०४.५ रुपैयाँ हुने भएको छ । खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend