logo
  • आइतबार, असोज ११ २०८३

बाह्रबिसे नजिकैको पक्की पुल बाढीले बगायो, बजार बगरमय


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३


सिन्धुपाल्चोक,भदौ ३ गते । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नजिकै खोर्सानीबारीमा रहेको पक्की पुल पूर्ण रुपमा बाढीले बगाएको छ । शनिबार आएको बाढी बजारमा पसेपछि बजार बगरमय बनेको छ ।

शुक्रबार केही क्षतिग्रस्त बनेको पुलमा सवारी साधन चलाउन रोक लगाइएको थियो तर शनिबारको बाढीले भने पुल पूर्णरुपले बगाएको छ । राती एकाएक बाढी बाह्रबिसे बजारमा पसेपछि बजारवासीको भागदौड मच्चिएको थियो ।

पुल बगाएसँगै बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आवतजावत ठप्प भएको छ । पुलको वैकल्पिक व्यवस्थाका लागि प्रयास भइरहेको बताइएको छ । इमेजखबरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend