logo
  • शनिबार, भाद्र २० २०८३

राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको निधन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३


काठमाडौं,भदौ २ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो ।

अन्नान संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुन् । उनले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए ।

सिरियाको शान्ति स्थापनाका लागि अन्नानले राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गरेका थिए । उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए ।

अन्नान केही समयदेखि सामान्य बिराम थिए । सामान्य बिरामकै क्रममा उनको शनिबार निधन भएको हो । राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन् । उनी घानामा जन्मिएका थिए ।

कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend