logo
  • आइतबार, असोज ११ २०८३

काठमाडौंमा पेटीकोट प्रदर्शन, ६ जना पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३


काठमाडौं,भदौ २।
महिलाहरुले काठमाडौंमा पेटीकोट लगाई प्रदर्शन गरेका छन् । उनिहरुले बलात्कार गर्ने पुरुषलाई फाँसीको व्यवस्था हुनुपर्ने भन्दै अर्धनग्न प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि धरपकड गरी केहि महिलाहरुलाई नियन्त्रणमा लिएको छ । उनिहरुले बलात्कारीलाई फाँसी दे भन्दै नाराजुलुस गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि पनि महिलाहरुले नाराबाजी रोकेका थिएनन् । प्रहरीले प्रदर्शनमा संलग्न रहेको आरोपमा चार जना महिला, एक पुरुष र एक जना तेस्रो लिङगीलाई नियन्त्रणमा लिएको छ । ¥यालीमा झण्डै ४० जनाको सहभागिता रहेको थियो । संविधानमै बलत्कारीलाई फाँसी दिलाउने व्यवस्था हुनुपर्ने महिला अधिकारकर्मीको मुख्य माग थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend