logo
  • आइतबार, असोज ११ २०८३

ठगी मुद्धाका फरार अभियुक्त पाचँ महिनापछि पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी भदौ २ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले ठगी मुद्धाका फरार अभियुक्तलाई पाचँ महिनापछि गिरफ्तार गरेको छ ।

रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४८ बर्षिय घनश्याम अर्याललाई प्रहरीले शुक्रबार उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरिक्षक शिव बहादुर खत्रीले जानकारी दिए ।

ठगी मुद्धामा अर्याललाई जिल्ला अदालत काठमाडौले २०७४ फागुन ११ गते दुई बर्ष कैद र सात ७४ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो ।

पक्राउ परेका अर्याललाई जिल्ला प्रहरी कार्यालय गुल्मीले आवश्यक कारवाहीका लागि महानगरिय प्रहरी परिसर टेकु, काठमाडौ पठाएको खत्रीले बताए । जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्त पक्राउ गर्ने अभियान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend