logo
  • आइतबार, असोज ११ २०८३

वाचन प्रविण पोख्रेल छापचौर आउने, धन धान्याँचल महोत्सवको तयारी तिव्र


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली ।
नेपालका प्रख्यात बाचन प्रविण पंडित दिनबन्धु पोख्रेल छापचौर आउने भएका छन । यहि असोज ९देखि १६ सम्म हुन लागेको श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा शैक्षिक महोत्सव २०७५ मा वाचन प्रविण पोख्रेलको साथमा सहबाचक तथा संङ्कल्पकर्ता धुर्वसरण बस्यालले पनि अलौकिक ज्ञान बाचन गर्नेछन ।

शिव,पार्वतीले तपस्या गरेको किन्वदन्ती रहेको कौडेलेख र मनोरम कालीलेखको काखमा रहेको प्रयटकिय स्थल छापचौरमा हुने ‘महायज्ञ’को सफलताको लागि तयारी तिब्र पारिएको छ । महायज्ञलाई सफल बनाउन काली गण्डकी गाँउपालिकाका अध्यक्ष बेद थापा मगर, पालिका उपाध्यक्ष तारा थापा र दुर्गा भवन उच्च माध्यामिक बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष दयाराम आचार्य संरक्षक रहेको र पालिका वार्ड नं सात भुर्तुङ्गका अध्यक्ष लोकप्रताप शाह निर्देशक रहेको उच्चस्तरिय ‘महायज्ञ मुल आयोजक समिति बनाएको छ।

धन बहादुर क्षेत्रीको अध्यक्षतामा बनेको समितिमा बरिष्ठ उपाध्यक्षद्वय गोपाल प्रसाद श्रेष्ठ र कृष्णप्रसाद थापा रहनुभएको छ भने कोषाध्यक्षमा केयरशिंह थापा र सर्जुन कुमार क्षेत्री रहनुभएको छ । साबिकका नौ वटै वडाहरुबाट बुद्धिजिवीहरु बोलाई गरिएको भेलाले महासचिवको जिम्मेवारी पुन्य प्रसाद गौतमलाई र उपमहासचिवको जिम्मेबारी सुभाष चन्द्र गौतम र डिल बहादुर शाहलाई दिएको छ।

सचिवमा अनिश ढकाल, खड्ग बहादुर क्षेत्री, मुकेश भट्टराई, गोपाल राज पौडेल, तेजेन्द्र क्षेत्री र सज्जन ढकाल रहनु भएको छ । त्यसैगरि लालमणी आचार्य र जुना पौडेल सहसचिव अनि सहकोषाध्यक्षको जिम्मेवारी यमलाल पौडेल र कर्ण बहादुर किसानलाई दिईएको मुल आयोजक समितिले जनाएको छ ।

उपाध्यक्षमा रुक्मागत शर्मा, दुर्गादत्त गौतम, कुमार थापा, अर्जुन हमाल र संकर बाबु किसान रहनु भएको आयोजक समितिमा सुर्य बहादुर क्षेत्री, कौशिला नेपाली, हिरा बहादुर क्षेत्री,लाल बहादुर क्षेत्री,नबिन शाह,पबित्रा शाह र कोपिला थापा रहेको समितिले जनाएको छ।

त्यसै गरि ‘महायज्ञ’ लाई घनिभुत बनाउन केहि बुद्दिजिवीहरुलाई मनोनित उपाध्यक्ष थप गरेको छ । मनोनितहरुमा ज्ञानराज ढकाल, मोतिलाल पौडेल, घनश्याम थापा, हिराबिक्रम शाह, कृष्णराज गौतम, शिक्षक गोबिन्द प्रसाद गौतम, काठमाण्डौ निवासी गोविन्द प्रसाद गौतम, भुपाल गिरी, गंगा गिरी, ठग बहादुर पुन, रबिलाल सुबेदी, श्याम प्रसाद पौडेल, प्रदिप सुबेदी, हेल्थपोस्ट ईन्चार्ज गिरी प्रसाद राना, भुमिश्वर ढकाल, तिल बहादुर शाहि, छमेन्द्र शाह, बालकृष्ण गौतम र गोवर्धन शाह रहेका छन।

प्रचार प्रसार समितिमा सज्जन ढकालको संयोजकत्वमा देवेन्द्र केसी, अनिश ढकाल, दिपक गौतम,निलम हमाल, सुदिन श्रेष्ठ टिका सुबेदी र टिका पौडेल अनि महायज्ञ सञ्चालन समितिमा ज्ञानराज ढकालको संयोजकत्वमा मोतिलाल पौडेल, भुमिश्वर ढकाल, टिकाराम ढकाल, बिन्दु ढकाल, ईन्द्रलाल पौडेल, थानेश्वर सुबेदी, हरिलाल आचार्य र हरिलाल आचार्यलाई जिम्मेवारी दिईएको समितिले जनाएको छ।

त्यसैगरि शिक्षकहरु कमल प्रसाद ज्ञवाली,रबिन्द्र कुमार पण्डित, कृष्ण प्रसाद ढकाल, जिवन गौतम, कृष्ण बहादुर क्षेत्री, कुमारी ढकाल, बाबुराम शर्मा, राम प्रसाद गौतम, परशुराम ढकाल, जयकृष्ण आचार्य, निलम हमाल, यमु गिरी, दिपक गौतम र मदन शाह अनि मिना गौतम (कार्यपालिका सदस्य) टेक बहादुर थापा, गम बहादुर गुरुङ्ग र देउकला किसान (सबै पालिका सभासद)लेख प्रसाद पुन, कृष्णकान्त आचार्य, उमा शाह, राधा पौडेल, मनी गिरी छन् ।

त्यस्तै निलम कार्की,दिपा थापा, डिलमाया थापा, लंका थापा, लालकुमारी थापा, खम बहादुर बलाल, भिम बहादुर राना, टिका बहादुर क्षेत्री, भाग्य प्रसाद थापा, केयरशिंह थापा, प्रेम बहादुर क्षेत्री, बल बहादुर थापा, चित्र बहादुर थापा, टिकाराम ढकाल, नर बहादुर थापा, देव कुमारी थापा, तारा थापा र मान बहादुर कार्कीलाई थप उपाध्यक्ष मनोनित गरिएको समितिले जनाएको छ ।

समितिले कालीगण्डकी गाँउपालिकाका सबै बडा प्रमुख हरुलाई पनि उपाध्यक्ष र जिल्ला ,प्रदेशका सांसद ,मन्त्री,बिभिन्न पार्टी का प्रमुख,सरकारी निकायका प्रमुखहरुलाई सल्लाहकारमा मनोनित गरिएको जनाएको छ।

कालीगण्डकी गाँउपालिका वार्ड नं सात छापचौरमा स्थित दुर्गाभवन उच्च माविलाई नमुना प्राविधिक बिधालय बनाउने लक्ष्यका साथ हुन लागिरहेको ‘महायज्ञ’मा दान दिने दानदाताहरुलाई निम्नानुसार सेवा र सम्मान दिने आयोजकले जनाएको छ।

१)१००देखि माथि दानदिनेहरुको दान दानपेटिकामा राख्ने ।

२)१००१ देखि माथि दान गर्ने दानदातालाई रसिद प्रदान गर्ने र माईकबाट नाम उच्चारण गरिने।

३)२५०१ देखि माथि दान गर्ने दानदातालाई माथिका सम्मान सहित प्रमाणपत्र प्रदान गर्ने।

४)५५०१देखि माथि दान गर्ने दानदातालाई माथिका सबै सम्मान सहित रामनामी खाँदा बाट सम्मानित गर्ने।

५)१११११ देखि माथि दान गर्ने दानदातालाई माथिका सबै सम्मान सहित शिलालेखमा नाम लेख्ने,फ्रेम सहितको प्रमाणपत्र र स्थानिय एफएम बाट नाम प्रसारण गरिने।

६)१५००१देखि माथि दान गर्ने दानदाताहरुलाई माथिका सबै सम्मान सहित स्मारिकामा नाम प्रकासित गर्ने।

७)२०००१देखि माथि दान गर्ने दानदाताहरुलाई माथिका सबै सम्मान सहित दोसल्ला ओडाएर सम्मान गरिने।

८)२५००१देखि माथि दान गर्ने दानदाताहरुलाई माथिका सबै सम्मान सहित बिधालयमा एकल फोटो राखिने र दम्पतिलाई दोसल्ला ओडाएर सम्मान गरिने।

९)३५००१देखि माथि दान गर्ने दानदाताहरुलाई माथिका सबै सम्मान सहित दम्पतिको फोटो बिधालयमा राखिने ।

१०)५०००१देखि माथि दान गर्ने दानदाताहरुलाई माथिका सबै सम्मान सहित परिवारका सबै सदस्यहरुलाई रामनामी खाँदा ओडाएर सम्मान गर्ने र दातालाई मुख्य द्वारबाट पन्चेबाजा सहित यज्ञस्थलमा ल्याईने।

११)एक लाख देखि माथि दान गर्ने दानदाताहरुलाई माथिका सबै सम्मान सहित एक जना प्राविधिक शिक्षा संस्थापक सदस्य ,चाँदीको फ्रेममा सम्मानपत्र प्रदान गरिने,परिवारको फोटो बिधालयमा राखिने,घरबाट कन्या र पन्चेबाजा सहित यज्ञस्थलमा ल्याईने र उक्त दिन दातालाई सभानायकको रुपमा आसन ग्रहण गराईने र दुई पुस्ते नामावली बिधालयमा राखिने।

१२)दुई लाख पचास हजार देखि माथि दान गर्ने दानदातालाई माथिका सबै सम्मान सहित दुई जना प्राविधिक शिक्षा संस्थापक सदस्य र तिन पुस्ते नामावली बिधालयमा राखिने।

१३)पाँच लाख एक रुपैया देखि माथि दान गर्ने दानदातालाई माथिका सबै सम्मान सहित बिधालयको एक कक्षाकोठा दाताको नाममा नामाकरण गरिने।

१४)दश लाख देखि माथि दान गर्ने दानदातालाई माथिका सबै सम्मान सहित कार्यालयकोठा दाताको नाममा नामाकरण गरिने।

१५)बिस लाख देखि माथि दान गर्ने दानदातालाई माथिका सबै सम्मान सहित बिधालयको एक तल्ला दाताको नाममा नामाकरण गरिने।

१६)तिस लाख देखि माथि दान गर्ने दानदातालाई माथिका सबै सम्मान सहित बिधालयको एक भवन दाताको नाममा नामाकरण गरिने।

१७)पचास लाख देखि माथि दान गर्ने दानदातालाई माथिका सबै सम्मान सहित हेलिकफ्टर बाट यज्ञस्थलमा ल्याईने र बिधालयको मुलनाममा दाताको नाम थप गर्ने।

अहिले आयोजक समिति ‘महायज्ञ’लाई सफल बनाउन दिनरात एक बनाएर लागेको छ।’दुर्गम पहाडी भेगमा नमुना प्राविधिक शिक्षा बिधार्थीहरुले पढ्न पाऊन अनि धर्ममार्फत देश बिकासमा टेवा पुगोस भन्ने हाम्रो ध्येय हो’कार्यक्रम बारे जानकारी दिदै समिति निर्देशक लोकप्रताप शाहले भन्नुभयो।

सात दिन सम्म चल्ने महायज्ञको लागि चाहिने ब्यस्थापकिय दौडधुप गर्दै समिति बुटवल, काठमाण्डौ लगाएत आसपासका जिल्लामा पुगेको छ । कलाकार, पत्रकार, धर्मालम्वी, बुद्दिजिवी, सुरक्षाकर्मी सबैको जिम्मेवारी महत्वपुर्ण रहेकोले सबैलाई सहयोगको लागि अपिल छ, समितिका बरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद श्रेष्ठले भन्नुभयो।

त्यसैपनि मनोरम र उपत्यकाकै झल्को दिने छापचौर त्यसैमाथि भजन कृतन र शंङ्ख, घण्टहरुले बातावरण कस्तो बन्ला?समस्त भुर्तुङ्गका जनताहरु उत्साह र उमंगमा छन, मनोनित उपाध्यक्ष तथा प्रचार प्रसार टिमकी सदस्य निलम हमालले भन्नुभयो।

दुर्गा भवन मावि आयोजक रहेको महायज्ञको सहआयोजकको रुपमा कालीगण्डकी गाँउपालिका,भुर्तुङ्ग काठमाण्डौ सम्पर्क समाज, भुर्तुङ्ग, तराई सम्पर्क समाज, गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति (भारत) लगायतका संस्थाहरु रहेका छन ।

के तपाई जन्मभुमी प्रति केहि गरौ भन्ने चाहानुहुन्छ ? के तपाई नेपालकै प्रख्यात बाचन शिरोमणी पंडित दिनबन्धु पोख्रेल लगाएत सहायक बाचनकर्ता धुर्वशरण बस्याललाई नजिक बाट नियाल्दै ‘अमृतरुपी शब्द र भजन सुन्न चाहानुहुन्छ ?

के तपाई दुर्गा भवन माविले प्राविधिक शिक्षा पढाएको र हाम्रा भविस्यका कर्णधारहरुले प्राविधिक शिक्षाबाट जिवनशैली फेरेको हेर्न चाहानुहुन्छ ? के तपाई आफ्नो नाम सुनौलो अक्षरबाट लेखियोस भन्ने चाहानुहुन्छ ? त्यसो हो भने असोज ९ गते छापचौर जाऔ पुण्य कमाऔ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend