logo
  • शनिबार, असोज १० २०८३

प्रदेश नम्बर २ को संसदमा ओलीको सम्बोधन, राजपाका सांसदद्वारा बहिस्कार


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३


काठमाडौं,भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ का संसदमा सम्बोधन गरेका छन् । यद्यपी उनको सम्बोधनकाे राजपा नेपालका सांसदहरुले भने विरोध गरेका छन् ।

सांसद रेशम चौधरीलाई थुनामा राखेको, संविधान संशोधन नगरेको, ओली मधेस मैत्री नभएको लगायत आरोप लगाउँदै राजपाका सांसदहरुले विरोध गरेका हुन् ।

विरोधका बीच सभामुखले ओलीलाई सम्बोधन गर्न दिएपछि राजपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

यसअघि ओली जनकपुर विमानस्थलमा पुग्दा राजपाका मन्त्री जितेन्द्र सोनल बाहेक अरु मन्त्री अनुपस्थित थिए ।

ओलीलाई स्वागत गर्न सबै मन्त्रीहरु विमानस्थल जाने प्रदेश मुख्यमन्त्री लालबाबु राउतको आग्रहविपरित राजपा नेपालबाट प्रदेश नम्बर २ मा प्रतिनिधित्व गर्ने २ मन्त्री र तीन राज्यमन्त्री अनुपस्थित रहेका हुन् ।

ओलीको स्वागतमा फोरमबाट मुख्यमन्त्री बनेका राउतसहित सबै मन्त्री तथा राज्य मन्त्री विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend