logo
  • आइतबार, असोज ११ २०८३

जिल्ला प्रशासनमा नागरिक सहायता कक्ष र फ्रि वाईफाई


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल
०१ भदौ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा ‘नागरिक सहायता कक्ष’ को स्थापना गरिएको छ । कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनउनको लागि शुक्रबारदेखि ‘नागरिक सहायता कक्ष’ को स्थापना गरिएको हो । प्रशासन कार्यालयका दुईजना कर्मचारी सहायता कक्षमा नियमित रहन्छन भने आवश्यकताअनुसार कर्मचारी थप्ने ब्यवस्था गरिएको प्रशासकिय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए ।

सेवाग्राही कुन सेवाका लागि प्रशासन कार्यालय आएको हो, सोध्ने र सोहिअनुसारका निवेदन तथा कागजपत्र मिलाइदिने, फ्याक्स लगायतका सेवा प्रवाहमा पनि प्रशासनकै कर्मचारीले सहयोग गर्ने पाण्डेले जानकारी दिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयभित्र सेवाग्राहीका लागि निशुल्क टेलिफोन, फ्याक्स र पानी पनि उपलब्ध गराइएको छ ।

कार्यालयले अशक्त, महिला तथा टाढाबाट आएका सेवाग्राहिलाई प्रथमिकतामा राख्ने पनि जनाएको छ । सेवाग्राहीको दुरी, मूल्य, समय र सन्तुष्टिको आधारमा सार्वजनिक सेवा प्रवाहको स्थितिलाई मापन गर्न सकिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए । यीनै तत्वको आधारमा नागरिकलाई मुस्कानसहितको सेवा दिन आफूहरु लागिपरेको उनले बताए ।

कार्यालयमा विचौलियाको प्रवेश निषेध तथा सेवाग्राही ठगिने क्रम रोक्नको लागि नागरिक सहायता कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी पोड्यालले जानकारी दिए । ‘धेरै सेवाग्राही विचौलियाबाट नै ठगिने गरेका रहेछन्, कार्यालय भित्रै पनि सेवाग्राहीले सेवा प्रवाहमा सन्तुष्टि पाएजस्तो लागेन ।’ प्रजिअ पौड्यालले भने, ‘अब त्यो सबै झन्झटिलो प्रक्रियाको अन्त्यका लागि नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी पौड्यालले केहि दिनअघि प्रशासन कार्यालय नजिकैका फोटोग्राफरहरुलाई बोलाएर सेवाग्राहिका कागजपत्र र फोटो खिचेको पनि एकै प्रकारको मूल्य लिन निर्देशन गरेका थिए ।

प्रशासन कार्यालयले सेवा प्रवाह र शान्ति सुरक्षमा ‘ए प्लस’ ल्याउने उदेश्यले अहिले काम गरिरहेको प्रजिअ पौड्यालले बताए । अहिले प्रशासन कार्यालयमा डिजिटल बडापत्र र फ्रि वाईफाईको समेत ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend