logo
  • आइतबार, असोज ११ २०८३

झिम्रुक नदीले बगाएको बाटुलेको शव माण्डवीमा भेटियो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३


प्यूठान,भदौ १ । झिम्रुक नदिले बगाएको ६० वर्षिय बाटुले सार्कीको शब ५ दिन पछि आज माण्डवी ५ आपँचौरमा भेटिएको जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिएका छन् ।
झिम्रुक गाउँपालिका ७ काब्रेखोला निवासी बाटुलेलाई (सोमबार साँझ) बजारबाट सामान लिएर घरतर्फ जादैं गर्दा ढाड (झिम्रुक नदीको माथिल्लो भाग) को नदिले बगाएको थियो ।
लगातार परेको वर्षातको कारण झिम्रुक नदीको पानी धमिलो भएकोले लामो समयको खोजीकार्य पछि ढिलै भएपनि शब भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend