logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा एक जना युवा मृत फेला


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी साउन ३१।
गुल्मीमा एक जना युवा मृत फेला परेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ७ भनभने निवासी २६ वर्षिय थम्मनहादुर बोहराको मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।

बोहरा मंगलवार बिहान घरबाट हिडेका थिए। घरमा नआएपछी खोज्ने क्रममा स्थानियले बुधवार चिफ्ले भिरबाट करिव १ सय मिटर माथीबाट खसेर मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बोहोराको सबलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याइदै रहेको प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति : ३१ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend