साझा नेटवर्क
साझा नेटवर्क, कतार।
कतार नेपाली एकता समाजले पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई एक समारोह बीच कार्यक्रमको आयोजना गरि भब्य स्वागत गरेको छ।
समाजको पाचौ राष्ट्रिय सम्मेलन उदघाटनको लागि केसी कतार आएका हुन् ।खुसियालीमा एकता समाज मातहतमा रहेका बिभिन्न बिभाग एरिया एकाईलाई आमन्त्रित गर्दै स्वागत तथा दिवा भोजको आयोजना साथै परिचात्मक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै केसीले आफु बिभिन्न कार्यक्रमको सिलसिलामा बिभिन्न देशहरु गएको र कतारमा आउने इच्छा पहिले रहेको आज पुरा भएको बताएका छन् ,उनले भने तपाईहरुले पठाएको रेमिटेन्सले घर परिवारको समस्याको समाधान गर्ने मात्र न भएर देशको अर्थतन्त्रमा पनि धेरै ठुलो टेवा पुर्याएको बताए ।
साथै उनले भने जबसम्म हामीले चराचक जगत संसार बुझ्दैनौ मानिस भएर जन्मिए पछी के गर्नु पर्छ भन्ने जब सम्म ज्ञान हुदैन एउटा संकोजित सागुरो निजिघेरा भित्र घुमी रहने र देशमा जुनखालको परिवर्तन हुनु पर्ने हो त्यहाँका शासक भन्दा पनि व्यक्ति गत दृष्टिकोण हिसाबले रोकिएको र तपाई हामीले पैसा मात्र कमाएर न कमाएर प्रवासको कार्य ब्यबस्थातको बाबजुत पनि सिप साथ साथै संगठनको सिदान्त बुझ्नु देशको समसामयिक गतिविधि बुझ्नु त्यसलाई परिवर्तन गर्नु पर्छ भन्ने चेतना स्तर संगठन समाजले दिने त्यो ठुलो सम्पति रहेको बताए ।
हामीले समाज संगठनमा आवद्ध भएर दृष्टिकोण बिचार बनाउनु त्यो राष्ट र नेपाली समाजको लागि काम लाग्ने बताउदै भने समाज सेवा गर्ने नेपालमा गर्ने यहाँ त २ चार पैसा कमाउन आउने हो भन्नेहरुलाई ” यहाँहरुले गर्नु भएको कार्य प्रति खोलेर प्रशंसा गरे हाम्रा बाउ बाजेको पालामा अवसर न भएको र मौका पनि नपाहेको अहिलेको नयाँ युवा पिडिहरुले धेरै कुरो बुझ्नुको साथै संगठनमा लाग्नको फाईदा जुन स्कुलमा आफुले पठनपाठन गर्थे उक्त स्कुलमा झलनाथ खनाल पनि बिज्ञान र गणित पठनपाठन गर्थे उनले भने संगठन महत्व आफै चित्रबहादुर न भएको र चित्रबहादुर पार्टीमा छ निति सिदान्त विचार भएर चित्र बहादुर भएको बताए ।
मसंगै जन्मिएका अरु चित्रबहादुर छैन र भन्ने जीवनमा श्री सम्पति हामीले कमाएको त्यो छोरा बुहारीलाई भागबन्डा लगाउनु पर्ने अरुलाई दिनु पर्ने जति दुख गरि कमाए पनि तपाइले जुन विचार बनाउनु भएको छ हुन्छ दृष्टिकोण योग्यता बनाउनु हुनुहुन्छ त्यसले राष्ट सम्म प्रभाव पर्ने र जनतालाई संगठित गर्ने प्रेरेणा मिल्ने बताए ।
कुनै मान्छे जन्मिदा जन्मजात डाका अपराधी र ज्यानमारा भए न जन्मने मानिस त समाजमा स्वच्छ भएर जन्मने समाजमा आहि सके पच्यात बनाउने बताए ।
कार्यक्रममा सुभेच्छुकहरुको उल्लेखनीय उपस्थित रहेको थियो। उपस्थित सम्पूर्णमा समाजका अध्यक्ष लुमाकान्त पुले धन्यवाद आवर प्रकट गरेका थिए भने , कार्यक्रमको संचालन महासचिब खेम बुढा गर्नु भएको थियो ।दिवा भोजका तस्बिरहरु

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend