logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री ,गुल्मी साउन ३०।
गुल्मीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ६ जोहाङ्गमा उल्लीखोलामा लु १ त ७६२९ नम्बरको ट्याक्टरले किच्दा सोहि वडाकै १६ वर्षका प्रविन बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रोशन खड्काले जानकारी दिए ।

बुधवार दिउँसो ट्याक्टर गिटी बलुवा लिएर उल्लीखोलाबाट खैरेनी तर्फ जाँदै थियो । बिक ट्याक्टर एक्कासी झर्ने क्रममा पछिल्लो चक्का परेर किचिएर घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक खड्काले बताए । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।


प्रकाशित मिति : ३० साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend