logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा ३० करोड राजस्व संकलन, झण्डै १६ करोड बजेट फ्रिज


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री ,गुल्मी साउन ३०।
गुल्मीमा गत आर्थिक वर्ष ०७४/०७५ मा राजस्व संकलनमा झण्डै दोब्बरले बृद्धि भएको छ ।
गएको आर्थिक वर्षमा जिल्लामा २९ करोड ८३ लाख ९३ हजार ५ सय ७३ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख शशिन्द्र खातीले जानकारी दिए । अघिल्लो अर्थिक वर्ष ०७३/०७४ मा १६ करोड १४ लाख ९८ हजार ५ सय ५४ रुपैयाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षको राजस्व संकलनलाई हेर्दा जिल्लामा झण्डै दोब्बरले राजस्व संकलनमा बृद्धि आएको कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख खातीले बताए ।

जिल्ला भरबाट बिभिन्न कार्यालय तथा व्यवसायीहरुबाट राजस्व भएको थियो । जिल्लाम गएको आर्थिक वर्षमा ०७४÷०७५ झैण्डै १६ करोड रकम फ्रिज भएको छ । १५ करोड ८० लाख ९० हजार ५ सय १६ रुपैयाँ फ्रिज भएको खातीले बताए । बिभिन्न कार्यालयमा प्राप्त बजेट खर्च गर्न नसक्दा धेरै रकम फ्रिज गएको हो ।

गुल्मीमा गत आर्थिक वर्ष ०७४/०७५ मा चालु र पुँजिगत दुवै तर्फ प्रतिशत अघिल्लो आर्थिक वर्षमा भन्दा खर्च प्रतिशत बढेको छ । पुँजीगत तर्फ झण्डै ३ अर्ब कुल बजेट मध्ये निकास ९५दशमलव८७ प्रतिशत मध्ये ९३ लशमलव६२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीका प्रमुख शशिन्द्र खातीले जानकारी दिए ।

बिभिन्न कार्यालयहरुले गरेको खर्च प्रतिशतको तग्याङ्कका आधारमा अघिल्लो आर्थिक वर्षको तुलानमा गत आर्थिक वर्षको खर्च प्रतिशत वढेको हो । गत आर्थिक वर्षमा चालु तर्फ कुल २ अर्ब ८८ करोड ८८ लाख १२ हजार २० रुपैयाँ निकासा भएको थियो । जस मध्ये खर्च ९३ दशमलव८७ प्रतिशत खर्च भएको छ । स्थानिय तहमा जाने पुँजीगत ५ अर्ब ७० करोड ५४ लाख १५ हजार ४ सय ९९ रुपैयाँ मध्ये ५ अर्ब ४६ करोड ९५ लाख ६ हजार खर्च भएको छ ।

९५ं८७ प्रतिशत खर्च भएको छ। यस्तो छ कार्यालय गत फ्रिज रकम जिल्लामा बिभिन्न कार्यालयहरुले खर्च गर्न नसक्दा १५ करोड ८० लाख ९० हजार ५ सय १६ रुपैयाँ फ्रिज भएको छ । जस मध्ये जिल्लाको ठुलो रकम तम्घास सिमलटारी प्युठान सडक आयोजनमा ५ करोड २३ लाख ७० हजार २ सय ९ रुपैयाँ फ्रिज भएको छ ।

स्थानिय तह मध्ये रेसुङ्गा नगरपालिका, सत्यवती गाउँपालिका, रुरु गाउँपालिका, गुल्मीदरवार गाउँपालिक, चन्द्रकोट गाउँपालिका र मालिका गाउँपालिकाले एक पैसा पनि फ्रिज हुन दिएका छैनन् । मुसिकोट नगरपालिकामा ६५लाख ५६ हजार फ्रिज भएको छ ।

छत्रकोट गाउँपालिकामा १४ लाख ९५ हजार ८सय १ रुपैयाँ फ्रिज भएको छ।कालिगण्डकी गाउँपालिकामा ८ लाख ५४ हजार फ्रिज गएको छ । ईस्मा गाउँपालिकामा १३लाख ९२ हजार ५० रुपैयाँ फ्रिज भएको छ । धुर्कोट गाउँपालिकामा १८लाख २२ हजार ९ सय ७१ रुपैयाँ फ्रिज भएको छ । मदाने गाउँपालिकामा १४ लाख ५५ हजार ८३ रुपैयाँ फ्रिज भएको छ ।

जिल्लाका सरकारी कार्यालय मध्ये जिल्ला समन्व्य समितिको ३ करोड २६ लाख १६ हजार ६ सय ७५ रुपैयाँ फ्रिज भएको छ । जिल्ला शिक्षा कार्यालयबाट १ करोड ३६ लाख ८० हजार ६ सय ८४ रुपैयाँ फ्रिज भएको छ । जिल्ला निर्वाचन कार्यालयको पनि १० लाख ५७ हजार ८९ रुपैयाँ फ्रिज गएको छ ।
महिला तथा बालबालिका कार्यालय गुल्मीको ४१ लाख ३४ हजार ६ सय ६५ रुपैयाँ फ्रि भएको छ । जिल्ला नापी कार्यालय गुल्मीको ३४ लाख २६ हजार १ सय ७६ रुपैयाँ फ्रिज भएको छ । मालपोत कार्यालय गुल्मीको ३ लाख ९३ हजार ७ सय ८५ रुपैयाँ फ्रिज भएको छ ।

भूसंरक्षण कार्यालय गुल्मीको १८ लाख १८ हजार ३ रुपैयाँ प्रिज भएको छ । जिल्ला वन कार्यालयको ११ लाख ९८ हजार ९८रुपैयाँ फ्रिज भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको ११ लाख ७७ हजार ७ सय ८७ रुपैयाँ फ्रिज भएको छ ।जिल्ला प्रशासन कार्याय गुल्मीको ३५ हजार १ सय ६३ रुपैयाँ फ्रिज भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीको ६ लाख ८५ हजार ३ सय ३ रुपैयाँ फ्रिज भएको छ । जिल्ला कृषि बिकास कार्यालय गुल्मीको ३ लाख ९५ हजार ९३ रुपैयाँ फ्रिज भएको छ ।

घरेलु तथा साना उद्योग बिकास समितिको ५ लाख ३२ हजार २ सय ५७ रुपैयाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीको १ लाख ३५ हजार ८ सय ५८ रुपैयाँ फ्रिज भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय ४ लाख ८८ हजार ४ सय ४८ रुपैयाँ फ्रिज भएको छ ।

जिल्ला सरकारी वकीलको कार्यालय २ लाख ५४ हजार ८ सय ४४रुपैयाँ फ्रिज भएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीको ६५ हजार ५ सय ५० रुपैयाँ फ्रिज भएको छ । जिल्ला अदालत गुल्मीको १० लाख ५७ हजार ८९रुपैयाँ फ्रिज भएको छ ।

भुकम्प आवास पुनरनिर्माणको ३० लाख रुपैयाँ फ्रिज रुपैयाँ फ्रिज भएको छ । भुकम्प आपतकालिन ८ लाख ४१ हजार ३ सय ७१ फ्रिज गएको छ । कफि अनुसन्धान कार्यक्रमको १ लाख १६ हजार ८ सय ७९ रुपैयाँ फ्रिज गएको छ । अन्य सरकारी कार्यालहरुको थोरै थोरै रकमहरु फ्रिज गएको कोष तथा लेखा निरीक्षण कार्यालयको विवरणमा उल्लेख छ ।


प्रकाशित मिति : ३० साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend