logo
  • शनिबार, असोज १० २०८३

सरकार फाँसिवादतर्फ उन्मुख भयोः मोहन वैद्य


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं,साउन २९ – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले वर्तमान सरकार फाँसिवादतर्फ उन्मुख हुँदै गएको दाबी गरेको छ । पार्टी महासचिव मोहन वैद्य ‘किरण’ ले आज एक विज्ञप्ति जारी सो दाबी गरेका हुन् । वैद्यले सरकार अहिले जनताको विरोध प्रदर्शन तथा आमहड्ताल लगायतका आन्दोलनलाई निषेध गर्नका लागि विद्येयकहरु ल्याई ऐन–कानुन बनाउन थालेकोले फाँसिवादतर्फ उन्मुख भएको बताएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्ः ’यो कुरा काठमाडौं लगायत देशका विभिन्न विरोध प्रदर्शनहरुलाई निषेधित गरेको कुराबाट छर्लङ्ग हुन्छ । यतिमात्र होइन, अहिले जनताको विरोध प्रदर्शन तथा आम हड्ताल लगायतका आन्दोलनहरुलाई निषेध गर्नका लागि विद्येयकहरु ल्याई विभिन्न ऐन–कानूनहरु बनाउन थालिएका कुरा सार्वजनिक भएका यसबाट सरकार फासिवादतर्फ उन्मुख हुँदै गएको प्रष्ट हुन्छ ।’

महासचिव वैद्यले सरकारसँग त्यो खालका विद्येयक र ऐनहरु तत्काल खारेज गर्न समेत माग गरेका छन् । साथै सकारका यस प्रकारका जनविरोधी गतिविधिहरुका विरुद्ध सशक्त आवाज उठाउन र आन्दोलनमा जानका लागि सबै पक्षसँग विशेष अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend