logo
  • शनिबार, असोज १० २०८३

ओली सरकारका पाँच महिने उपलब्धि सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३


काठमाडौँ,साउन २९ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच महिने उपलब्धि सार्वजनिक गरेको छ । सरकारको काम कारबाही प्रभावकारी नभएको भन्दै प्रयोजित प्रचार बढी भएपछि ७४ पृष्ठ लामो उपलब्धिको सूची ओली सरकारले सार्वजनिक गरेको हो ।

सरकारले आफ्नो उपलब्धीको रुपमा सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण, सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही लगायतका विषयलाई मुख्य रूपमा उल्लेख गरेको छ ।

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबासु रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले आफ्नो उपलब्धिको सूचीमा समावेश गरेको छ । यस्तै सरकारले ५ महिनाको अवधिमा ९० वटा तुइन विस्थापित गरेको पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend