logo
  • आइतबार, असोज ११ २०८३

जिल्ला आर्येुवेद स्वास्थ्य केन्द्र तम्घास गुल्मीमा गुनासो संकलन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अन्जान अधिकारी , गुल्मी साउन २७।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित इलाका आउटरिच कार्यक्रम अन्तर्गत गुनासो संकलन कार्यक्रम सम्पन्न गरिएको छ ।

आज रे.न.पा ९ उपल्लो तम्घासमा रहेको जिल्ला आर्येुवेद स्वास्थ्य केन्द्र गुल्मीको परिसरमा गुनासो डेस्क राखी आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवासम्बन्धमा सेवाग्राहीको गुनासो संकलन गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा दैनिक सरदर ३० जना सेवाग्राही आउने गरेकोमा आर्युेवेद डाक्टरको दरबन्दी भएतापनी डाक्टर अध्ययन विदामा गएका कारण सेवाग्राहीले बिशेषज्ञ डाक्टरबाट सेवा लिन नपाएको, प्रयाप्त मात्रमा औषधी नपाएको, दरबन्दी अनुसारका अन्य कविराज बैधहरुको समेत अभाव रहेको लागाएतका गुनासोहरु आएका थिए। उक्त गुनासोहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने भनी संस्थाका अध्यक्ष श्यामकुमार पण्डेयले बताउनुभयो ।

उक्त कार्यक्रम संस्थाका सह–सचिव विनोद पाण्डेय, कार्यक्रम सहायक अञ्जना अधिकारी सहयोगी विक्रम पन्थी र सन्तोष गैरेको उपस्थितमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति : २७ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend