साझा नेटवर्क
टोपलाल अर्याल , गुल्मी साउन २७ ।
गुल्मीको सत्यवती गाउँपालिकाले ‘बृहत सरसफाई कार्यक्रम’ सुरु गरेको छ। गाउँकार्यपालिकाको शनिबार बसेको बैठकले सरसफाई कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।
कार्यक्रमको पहिलो दिन गाउँपालिकाको केन्द्र अरुङ्गा खैरेनी बजारमा सरसफाई गरिएको थियो । संकलित फोहोरलाई पूर्व भारतिय सेनामा कार्यरत तुलसी ज्ञवालीले प्रदान गरेको जग्गामा विसर्जन गरिएको छ । सरसफाई कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, शिक्षक, बजार ब्यवस्थापक, स्थानिय युवा क्लव, रेडक्रस, संघ सस्थाँ लगायतको उपस्थिति रहेको गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत यादब भण्डारीले बताए ।
गाउँपालिकाले पूर्ण सरसफाईयुक्त बनाउने अभियान थालेकोले सरसफाई गरिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । साथै उनले यो कार्यक्रम सम्पूर्ण वडास्तरसम्म विस्तार गरिने, , प्रत्यक टोल–टोलमा डस्विन वितरण गरिने, प्लास्टिकको प्रयोगलाई घटाउने लगायतका योजना पनि गाउँपालिकाले बनाएको जानकारी गराए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend