साझा नेटवर्क
साझा नेटवर्क, साउन २७ काठमाडौं।
नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तर्राष्ट्रिय फ्रेन्चाइजी गायन रियालिटी शोको नेपाली संस्करण नेपाल आइडलको दोस्रो संस्करण शुरू भएको छ।

एपी वन टेलिभिजनले नेपाल आइडलको पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण नेपाल आइडल–टु प्रस्तुत गर्न लागेको हो। शुक्रबारदेखि हरेक साताको बिहीबार र शुक्रबार यसको प्रसारण हुने भएको छ।अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडल टुको प्रस्तोतामा भने रिमा विश्वकर्मासँग नयाँ अनुहारका रूपमा गायक तथा अभिनेता आसिफ शाह देखिनेछन्। आशिफले २ रुपियाँ नामक फिल्मबाट प्रशंसा पाएका थिए।

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमशः दोस्रो र तेस्रो बन्न सफल भएका थिए। नेपाल आइडलमा प्रथम, दोस्रो र तेस्रो स्थान प्रप्त गर्न सफल विजेताले देश तथा विदेशका विभिन्न मञ्चमा प्रस्तुति दिँदै आप्mनो ख्यातीमा थप उचाइ थपेका थिए।
मन जित्छ उसले, सुमधुर गाउँछ जसले भन्ने नाराका साथ अडिसन राउन्डका कार्यक्रम प्रसारण गर्दै शुरू हुने नेपाल आइडल–टुका विजेताले २० लाख नगद, कार, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद पाउनेछन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend