logo
  • शुक्रबार, असोज ९ २०८३

क्युट अमृताको टिपिकल तिजगित “मादलुको ताल” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली ।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै जाँदा नेपाली संगित ईन्ड्सट्री नै तिजमय बनेको छ । साना तथा नामचिन म्युजिक ब्यानरहरु तिजकै आगोसमा रोम्ल्लिरहेका बेला छरहरी तथा जिरो फिगर मोडेल तथा गायिका अमृता बराल पनि अछुतो कहाँ रहन सक्थिन र ?उनी पनि टिपिकल तिजगित ‘मादलुको ताल बरिलै ‘लिएर आईपुगिन । बिगतका बर्षहरुमा झै यो तिजगितले पनि चर्चा कमाउने सुरसार गरिसके छ । रिलिज भएको केहि घण्टा मै दश हजार भ्युअरहरु आफ्नो पोल्टामा पारिसकेको छ ।शिवदर्शन फ्लिम्स प्रालिको ब्यानर मा तयार भएको टिपिकल गितमा गायिका बरालको साथमा गायक महेन्द्र भण्डारीले पनि स्वर भरेका छन । गायक भण्डारी कै शब्द तथा लय रहेको ऐल्वमको निर्देशन तथा सम्पादन बिष्णु भट्टराईको रहेको छ भने मोडेलहरु बिक्रम, बबिता, बिजय र बसन्तीले कम्मर मर्काएका छन ।

प्रेमी र प्रेमिका बिचको संबादरुपी तिजगित भएपनि बिल्कुलै पारिवारिक र संस्कृतिमय रुपमा छायाँकन भएको एल्वम बर्षकै टिपिकल तिजगित मध्ये एक मान्न सकिन्छ । नयाँ दिल्लीलाई कर्मथलो बनाएकी गायिका बराल गितसंगित बाहेक अन्य सामाजिक काममा पनि सरिक रहदै आएकी छिन ।

बढ्दो ह्युमन ट्राफिकिङ्ग, महिलाहरुको अबैध ओसारपसार र देहब्यापार बिरुद्ध पनि संस्थागत रुपमा कार्य गर्दै आईरहेकी र दिल्ली महिला आयोग द्वारा संञ्चालिन ‘रेप रोको’ अनसनमा पनि सक्रिय भुमिका निभाएकी बराल बहुमुखी प्रतिभाकी धनी मानिन्छिन ।

करिव एक दर्जन गितहरुमा स्वर भरेकी बरालका धेरै गितहरु चर्चामा रहन सफल भएका छन । “बिल्कुलै पारिवारिक भिडियो बनाएकी छु ,आसा छ सबैले सहयोग गर्नुहुनेछ “गायिका बरालले भनिन । गायिका बरालको यो फरक प्रयास सफल होस हाम्रो पनि सुभकामना ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend