साझा नेटवर्क
साझा नेटवर्क, बुटवल साउन २३।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित भानुचोकमा मंगलबार राति बस र ट्रक एक आपसमा ठाेक्किदा चार जनाको मृत्यु भएको छ ।
चालकद्धय रौटहट चन्द्रपुर नगरपालिका – २ का ३४ वर्षीय मोहन घिसिङ र सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामाको घटनास्थलमा मृत्यु भएको हो।
त्यस्तै बसका चालक काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापा, यात्र ताप्लेजुङको खुम्ली नगरपालिका १ बस्ने ४२ वर्षीय तारा बरालको उपचारको क्रममा मृत्यु भएको हो। राति ११ बजे भएको सो दुर्घटनमा परि १७ जना घाइते भएका छन्।
काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठोक्किएपछि केही बेर सवारी जाम भएको थियो।
घाइते १७ जनामध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी दयानिधि ज्ञवालीले बताए ।
बस र ट्रक ठोक्किए : चारको मृत्यु, १७ घाइते चितवनमा बस र ट्रक ठोक्किए : चारको मृत्यु, १७ घाइते समाज / प्रदेश ३ / साउन २३ २०७५ आठौं राष्ट्रिय खेलकुद अन्योलमा आठौं राष्ट्रिय खेलकुद अन्योलमा खेलकुद / प्रदेश ५ / साउन २३ २०७५ खोलाले छेक्छ राजमार्ग खोलाले छेक्छ राजमार्ग समाज / प्रदेश ५ / साउन २३ २०७५ स्रोत अन्नपूर्ण
प्रकाशित मिति : २३ साउन २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend