logo
  • आइतबार, असोज ११ २०८३

महिलाको ज्यान लिने बाघ नियन्त्रणमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

चितवन,साउन २३।
घाँस काट्न गएकी एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।

निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार, बाघलाई अहिले निकुञ्जको खोरमा राखिएको छ।

भरतपुर महानगरपालिका–२५ राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा सोमबार घाँस काट्न गएकी २५ वर्षीया शुशीला डुम्रेलाई बाघले आक्रमण गरेर मारेको थियो।

उनको शव भएको ठाउँमा बसिरहेको बाघलाई दिनभरको प्रयासमा डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको ढकालले बताए। अन्दाजी १०–१२ वर्ष उमेरको सोे बाघ आफ्नो क्षेत्र बनाएर बस्न नसकेकाले बाहिर आएको हुन सक्ने निकुञ्जले जनाएको छ । यसअघि मान्छेलाई आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको एउटा बाघ घाउको संक्रमणबाट केही दिनअघि मरेको थियो। – रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend