logo
  • शनिबार, भाद्र २० २०८३

सुपादेउराली टुर एण्ड ट्राभल्सको पञ्जाव हरियाणामा शाखा विस्तार अध्यक्षमा कुवंर


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

पशुपति श्रेष्ठ ,भारत ।
विगत एक दशक देखी रोजगार, व्यवासाय,अध्यन भ्रमणको लागी भारत बाट नेपाल आवतजावत गर्न सहजरुपमा यात्रुहरुलाई यात्रा गराउदै आएको सुपादेउराली टुर एण्ड ट्राभल्स प्रालीले ट्राभल्सलाई अझ शसक्त बनाई अघाडी बढ्न शाखा बिस्तार गर्दै कार्यसमिति गठन गरेको छ ।चण्डिगढमा बसेको बैठकले जालन्धर ,लुधियाना सपाटु करनालमा शाखा विस्तार गरि ट्राभल्सलाई मजबुत बनाई यात्रुहरुलाई सुविधा सम्पन्न सहित सेवा दिने अठोटका साथ प्रकाश कुवँरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

जस्को उपाध्यक्षमा राजु घिमिरे सचिवमा जिवननाथ अधिकारी कोषाध्यक्षमा तिलक भुसाल सदस्यहरुमा सोम बहादुर घर्ती ,विशाल कौसल ,जंग बहादुर घर्ती ,राजु पाण्डे ,गोविन्द चौहान ,शोभाकान्त भट्टराई रहेका छन ।

२×२ पुस ब्याक सिट सहितको एयर सस्पेन्सन फुल एसि, नन एसि, सुनामी रहित नेपाली नम्बर प्लेट भएका बसमा भारतबाट जावत र नेपाल बाट आवतका लागी ट्राभल्सले यात्रुहरुलाई बुटवल सम्म भारतका विभिन्न ठाउँमा आरामदायी यात्रा गराईरहेको छ ।

शहर देखी गाउसम्म भन्ने मुलनारा सङ्गै अब देखी पञ्जावको जालन्धर ,लुधियाना ,खन्ना, गोबिन्दगढ ,सरहिन्द, राजपुरा, जिरकपुर , चण्डिगढ , सपाटु ,लाड्लु हरियाणाको अम्बाला, करनाल देखि दैनिक बस सञ्चालनमा ल्याउने भएको हो ।

यात्रुहरुलाई सहज र डायरेक्ट सेवा बुटवल, प्युठान को बाग्दुला सन्धिखर्क को अर्घाखाची र गुल्मी को तम्घासका लागि आफ्नै बसहरु छुट्ने छन । हामिले एक ठाउँ भनेर एक ठाउँमा लगेर छाडिदिने गर्दैनौ विश्वास नलागे सम्बन्धित ठाउँमा पुगेर भाडा रकम दिनुहोला ढुक्क भएर यात्रा गर्न अध्यक्ष प्रकाश कुवँरले जनतालाई आव्हान गर्नु भएको छ ।


प्रकाशित मिति : २२ साउन २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend