साझा नेटवर्क
२० साउन, काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–३, ठाँटीबजार नजिक पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले तीर्थ बोहरा र गोपाल सुनारको घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भएको छैन ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहका अनुसार एक जनाको जीवितै उद्दार गरिएको छ । उद्दार हुनेमा बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहार रहेका छान ।
उनकी श्रीमति र बच्चाको भने ज्यान गएको छ । घरमा रहेका बाँकी दुई जनाको पनि मृत्यु भइसकेको उनले बताए ।
‘बाँकी दुई जनाको पनि मृत अवस्थामा शरीर देखेका छौं । शवलाई निकाल्ने काम भइरहेको छ’, डिएसपी सिंहका अनुसार, ‘अर्को एउटा घर पनि पुरिएको छ । त्यहाँ पनि उद्दार टोली खटिएको छ ।’
हाल उनीहरुको उद्दारका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र सेनाको टोली खटिएको बताइएको छ । अनलाइन खबर,
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend