logo
  • शुक्रबार, असोज ९ २०८३

शिसाखानी मेडिकलमा मासिक रुपमा विशेषज्ञ सेवा सुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ साउन १९ ।
शिसाखानी मेडिकल हल बडिगाड गाउँपालिका वडा नं. २ हाँडिखोलाले विशेषज्ञ डाक्टर सहितको सेवा सुरु गरेको छ । आज मेडिकलले विरामीहरुको लागि निशुल्क सुगर परीक्षण गर्दै सो सेवाको सुरु गरेको हो ।

प्रत्येक महिना कम्तिमा एक विशेषज्ञ डाक्टरको सेवा दिने जनाएको मेडिकलमा शनिवार मेट्रोसिटि हस्पिटल पोखराका जनरल फिजिसियन डा. सचिन ढकाल, ल्याव टेक्नोलोजिष्ट सुमन वुढा लगाएतको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

कार्यक्रममा सय जना भन्दा वढिको सुगर परिक्षण तथा अन्य परिक्षण गरिएको हेल्थ असिस्टेन्ट तथा डिफार्मासिस्ट विष्णु भुजेलले जानकारी दिनुभएको छ । अव हरेक महिना विशेषज्ञ डाक्टर ल्याउने तथा जेष्ठ नागरिक तथा गर्भवति महिलालाई छुट सहित सेवा संचालन गर्ने मेडिकलले जनाएको छ ।

उद्घाटन कार्यक्रममा समाजसेवी सुनिल शेरचन, रत्न वहादुर क्षेत्री, डा. सचिन ढकाल लगाएतले वोल्नुभएको थियो । सो अवसरमा स्थानिय आमा समुहले डाक्टर सहितको समुहलाई स्वागत तथा सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend