logo
  • शनिबार, साउन ३० २०८३

गायक प्रराज पौडेलको “पान वाला”मा ज्योति मगर छम छमि नाच्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौ साउन १९ ।
गायक प्रराज पौडेल तथा गायिका सिर्जना गुरुङको नयाँ  गित पान वाला सार्बजनिक भएको छ । फरक तथा मौलिक सस्कृतिलाइ जोगाउदै यस गीतको म्युजिक भिडियोमा चर्चित हट गायिका तथा मोडल ज्योति मगर र जोगिन्दर शिवशंकर प्रसाद रिजालको बेजोड प्रस्तुति हेर्न सकिन्छ।पानवाला जोगिन्दर शिवशंकर प्रसाद रिजालको ख्याति तथा प्रतिष्ठालाई मध्यनजर गरेर पानवाला जोगिन्दरकै नामवाट गीत बनेको छ।
जोगिन्दर शिवशंकर प्रसाद रिजालको नामवाटै बनेको गीतको वोल नै पानवाला जोगिन्दर पानवाला नेपालकै नमूना पानवाला जोगिन्दर रहेको छ। यस गीतमा जोगिन्दर आफै सेक्सी लोकदोहरी गायिका ज्योति मगरसंग अभिनय गरेका छन्।

प्राय गीतका भिडियोहरुमा सेक्सी हट देखिने ज्योति मगर पानवाला जोगिन्दरसंग भने साधारण तथा उत्कृष्ट नृत्य तथा अभिनयमा प्रस्तुत भएकी छिन । जोति मगर, जोगिन्दर शिवशंकर प्रसाद रिजाल, प्रराज पौडेल, सिर्जना गुरुङ, नेत्र बानियाँ लगायतको अभिनय पनि बेजोड रहेको छ।

महेश ज्ञवालीको शव्द तथा संगीत रहेको गीतमा परराज पौडेल र सिर्जना गुरुङको आवाज रहेको छ। सचिन थापाको निर्देशनमा बनेको यस भिडियोलाई कमल राइले छायांकन गरेका हुन् ।

 भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend